२०८३ कार्तिक २४ गते सोमबार

पाँच महिनामा एक अर्ब ६६ करोड डलर बेचेर एक खर्ब ४७ अर्ब भारु खरिद

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ९
New Project (74)

काठमाडौँ: चालू आर्थिक वर्ष २०८२/०८३ को पाँच महिनामा नेपालले उल्लेख्य मात्रामा भारतीय रुपैयाँ (भारु) खरिद गरेको छ। नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक(आरबीआई) लाई अमेरिकी डलर दिएर भारु खरिद गरेको हो।

साउनदेखि मंसिरसम्म १ अर्ब ६६ करोड अमेरिकी डलर सटही गरी १ खर्ब ४६ अर्ब ९३ करोड रुपैयाँ बराबरको भारु खरिद गरेको राष्ट्र बैंकले जनाएको छ। यो परिमाण गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिको तुलनामा बढी हो। जसले आयात र समग्र आर्थिक गतिविधिमा क्रमशः सुधार आएको संकेत गरेको छ।

गत वर्षको सोही अवधिमा १ अर्ब ६४ करोड अमेरिकी डलर बिक्री गरी करिब १ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको भारु खरिद गरिएको थियो। चालू वर्षमा भारु खरिदको परिमाण बढ्नुको मुख्य कारण भारतबाट वस्तु आयातमा देखिएको सुधार रहेको राष्ट्र बैंकले जनाएको छ। नेपाल–भारतबीच खुला सिमाना, व्यापारिक निर्भरता र दैनिक उपभोग्य वस्तुमा भारतको ठूलो हिस्सा रहेकाले आयात बढ्दा भारुको माग स्वाभाविक रूपमा बढ्ने गर्दछ।

नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता तथा सूचना अधिकारी सुमन न्यौपानेका अनुसार भारु खरिद सिधै व्यापारसँग जोडिएको विषय हो। ‘भारतबाट अधिकांश सामान खरिद गर्न भारु नै आवश्यक पर्छ। बैंकहरूले ग्राहकको मागअनुसार राष्ट्र बैंकबाट भारु लिने गर्छन्। आयात बढेपछि भारु खरिद पनि स्वाभाविक रूपमा बढ्छ,’ उनले स्पष्ट पारे।

राष्ट्र बैंकको विवरणअनुसार साउनमा १७ अर्ब ५४ करोड भारु खरिद गरिएको छ । त्यस्तै, भदौमा १५ अर्ब ७३ करोड, असोजमा सबैभन्दा धेरै ६५ अर्ब ५१ करोड, कात्तिकमा १२ अर्ब ४१ करोड र मंसिरमा ३५ अर्ब ७२ करोड रुपैयाँ बराबरको भारु खरिद भएको छ। विशेष गरी चाडपर्वको मौसम परेको असोज र मंसिरमा खाद्यान्न, लत्ताकपडा, सवारी साधन, इलेक्ट्रोनिक्स र कच्चा पदार्थको आयात बढ्दा भारुको माग उच्च देखिएको हो।

पछिल्ला केही वर्षयता आयात कमजोर हुँदा नेपाली अर्थतन्त्र सुस्त देखिँदै आएको थियो। आयात घटेपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिनु, ब्याजदर न्यून विन्दुमा झर्नु र विदेशी मुद्रा सञ्चिति अस्वाभाविक रूपमा बढ्नुजस्ता अवस्था देखिएका थिए। यसले उद्योग सञ्चालन, व्यापार विस्तार र रोजगारी सिर्जनामा नकारात्मक प्रभाव पारेको थियो।

तर पछिल्लो समय आयातमा क्रमिक सुधार देखिन थालेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना (पुस मसान्तसम्म) ९ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। जसमध्ये भारतबाट मात्रै ४ खर्ब १६ अर्ब ७१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। भारतबाट आयात निरन्तर बढ्नुले बजारमा माग बढ्दै गएको र आर्थिक गतिविधि विस्तारोन्मुख रहेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।

आयात वृद्धि भएसँगै राजस्व संकलनमा पनि सुधार आउने अपेक्षा गरिएको छ। राजस्व अभावका कारण सुस्त बनेको विकास निर्माण, पूर्वाधार विस्तार र सरकारी खर्चले अब क्रमशः गति लिन सक्ने अनुमान गरिएको छ। समग्रमा, डलर बिक्री गरी भारु खरिद बढ्नु नेपाली अर्थतन्त्र पुनः चलायमान हुँदै गएको सकारात्मक संकेत भएको अर्थविद्हरूको निष्कर्ष छ।

प्रकाशित: २०८२ माघ ९ गते शुक्रबार ०२:००
प्रतिक्रिया

थप समाचार

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना