काठमाडौँः भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज (माघ १२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन गरिसकेको थियो।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र १ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन भइसकेको छ।
अब दोस्रो चरणअन्तर्गत कम्पनीले कर्मचारीहरूका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरूका लागि ५० हजार कित्ता शेयर सुरक्षित गरी बाँकी ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गर्न लागेको हो।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते बन्द हुनेछ।


