२०८३ कार्तिक २४ गते सोमबार

प्रदर्शनरत ६ चलचित्रको व्यापार कमजोर, उज्ज्वल थापाको जीवनीमा आधारित वृत्तचित्रले पनि तानेन दर्शक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १२
e73b98fa-17d7-4af5-8704-c31891752427

काठमाडौँ: चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्स अफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको गएको माघ १० गते शनिबार सम्मको कारोबारसम्बन्धी विवरण आज सार्वजनिक गरेको हो।

गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पनि घरेलु बक्स अफिसमा उत्साहजनक कमाइ गर्न सकेको छैन। हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेकाे उक्त चलचित्रले यही माघ ३ गतेसम्म रु एक करोड २३ लाख ८८ हजार कमाइ गरेको छ। उक्त चलचित्रका लागि कुल तीन हजार २१७ टिकट बिक्री भएका छन्।

भ्रष्टाचार र बेथिति विरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायत कलाकारले अभिनय गरेका छन्।

गत पुस १० गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘मुगलान’ ले रु ६ लाख ३१ हजार कमाइ गरेको छ। अभिनेता प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डिसी, मोती सुवेदी, रामचन्द्र अधिकारीलगायत कलाकारले अभिनय गरेकाे उक्त चलचित्रको दुई हजार ४०० टिकट बिक्री भएका छन्। आशिष ढकालको निर्देशनमा तयार भएको उक्त चलचित्रले न्यून कमाइ गरेको छ।

गत पुस १७ देखि प्रदर्शन भएको चलचित्र ‘एक्लो’ले राम्रो व्यापार गर्न सकेको छैन। प्रदीप शाहीको निर्देशनमा तयार भएको उक्त चलचित्रले रु ४६ लाख ९५ हजार कमाइ गरेको छ। अभिनेता प्रदीप खड्का, दिनेश डिसी, विजय लामा, बेनिशा हमाल, कविता नेपालीलगायत कलाकारले अभिनय गरेकाे उक्त चलचित्रको १४ हजार २५५ टिकट बिक्री भएका छन्। दर्शकबाट सकारात्मक समीक्षा प्राप्त गर्न नसकेपछि उक्त चलचित्रले राम्रो व्यापार गर्नसकेको छैन।

नेपाली वैकल्पिक राजनीतिका प्रणेता एवं अभियन्ता स्व उज्ज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ले सोही अवधिसम्म रु तीन लाख १२ हजार कमाइ गरेको छ। गत पुस २५ देखि देशभरका सीमित चलचित्र भवनमा प्रदर्शन भएको उक्त वृत्तचित्रलाई उज्ज्वल थापा फाउन्डेसनको निर्माण गरेको हो।

सुदीप भाजुद्वारा निर्देशित उक्त वृत्तचित्रले उज्ज्वल थापाको बाल्यकाल, वैदेशिक शिक्षा, स्वदेश फिर्तीपछिको नागरिक जागरण अभियान र वैकल्पिक राजनीतिमा उनले पुर्याएको योगदानलाई समेटेको छ। एक व्यक्तिको सक्रियताले समाजमा कसरी अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश वृत्तचित्रले दिएको छ।

यो वृत्तचित्र निर्माणका लागि सर्वसाधारणबाट रु पाँच लाखसम्मको आर्थिक सहयोग प्राप्त भएको थियो। नेपाली नागरिक चेतना, उद्यमशीलता र सामाजिक रूपान्तरणको कथा बोकेको ‘दिमाग घोच्ने मान्छे’ले अपेक्षाकृत व्यवसाय भने गर्न सकेन।

यही माघ १ गतेदेखि माघे सङ्क्रान्तिलाई लक्षित गर्दै प्रदर्शन भएको तीन चलचित्रले उत्साहजनक व्यापार गर्न नसकेको बोर्डद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ। ‘बल्छी धुर्वे’ का रुपमा टेलिशृङ्खलामा परिचित मरिचमान श्रेष्ठले निर्देशन गरेकाे चलचित्र ‘गोबर गणेश’ ले रु एक करोड १४ लाख ३५ हजार कमाइ गरेको छ।

निर्देशक श्रेष्ठसँगै वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पूजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारले अभिनय गरेकाे उक्त चलचित्रको ४० हजार २३४ टिकट बिक्री भएका छन्।

यही माघ १ देखि नै प्रदर्शन भएको चलचित्र ‘मिरमिरे’ले रु ३३ लाख ७२ हजार कमाइ गरेको छ। बुबाछोरी बीचको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथामा आधारित उक्त चलचित्रमा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय गरेका छन्।

यम शेर्पाको निर्देशनमा तयार भएको उक्त चलचित्रको १० हजार ८१३ टिकट बिक्री भएका छन्। अभिनेता सौगात मल्लले अभिनय गरेकाे चलचित्र ‘भाइरल गोर्खे’ले सोही अवधिमा रु ३४ लाख ५३ हजार कमाइ गरेको छ।

सामाजिक सञ्जालको बढ्दो दबदबाबीच विश्वभर ‘भाइरल’ बन्ने ध्याउन्नमा रहेकालाई केन्द्रित गर्दै तयार गरिएको गएको माघ १ गतेदेखि प्रदर्शन भएको उक्त चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका छन्।

अभिनेता मल्लसँगै अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमला लगायतले अभिनय गरेकाे उक्त चलचित्रको १० हजार ६०५ टिकट बिक्री भएका छन्। चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गर्दै आएको छ।

प्रकाशित: २०८२ माघ १२ गते सोमबार ०३:२६
प्रतिक्रिया

थप समाचार

नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी कमाइ

फिल्मलाई पहिलो दिन बिहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन्।

६०० बढी स्रष्टामा सर्वाधिक रोयल्टी पाउने कस्तुप पन्त, दोस्रो राजनराज र तेस्रोमा दुर्गेश थापा

काठमाडौँ: गायक, गीतकार तथा संगीतकार कस्तुप पन्त यस वर्ष नेपाली संगीत क्षेत्रबाट सर्वाधिक रोयल्टी प्राप्त गर्ने स्रष्टा बनेका छन्। संगीत रोयल्टी संकलन समाज नेपालले तिहार तथा छठ पर्वको अवसरमा...

दशैँमा किन चलेनन् नेपाली फिल्म? सिक्वेलले पनि तानेनन् दर्शक

दशैँको बिदा र चर्चित फिल्मका सिक्वेलले समेत दर्शकलाई हलसम्म किन तान्न सकेनन्?

कबड्डी ५ ले ९ दिनमा कमायो १० करोड बढी

काठमाडौँ: गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलुबजारमा दर्शकको राम्रो साथ पाएको छ। दसैँमा प्रदर्शन भएका फिल्मको व्यापार कमजोर देखिँदा टीकाको भोलिपल्टदेखि...

इतिहास बनाएको मलयालम फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’अब डिगोमा

काठमाडौँ: एक फिल्मले मलयालम फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको छ। २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको रोमान्टिक कमेडी फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ले विश्वभरबाट करिब ३ सय ३० करोड...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना