काठमाडौँः साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ। आज नेप्से परिसूचक ३.०७ अंकले घटेर २ हजार ७६९.०९ विन्दुमा बन्द भएको हो।
आज ३ करोड ६२ लाख ६४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ७ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
त्यस्तै, एसवाई प्यानल, हिमस्टार ऊर्जा कम्पनी, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार हिमालयन पावर पार्टनरको भएको छ । सो कम्पनीको मात्र ६५ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


