काठमाडौँ: साताको तेस्रो कारोबार दिन शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ। मंगलबार नेप्से परिसूचक ४८.५८ अंकले घटेर दुई हजार ७२६.५१ बिन्दुमा झरेको छ।
यसदिन २२४ कम्पनीको शेयरमूल्य घटेको छ। कारोबारमा आएका कम्पनीमध्ये ३४ कम्पनीको शेयरमूल्य बढ्दा २ कम्पनीको मूल्य स्थिर रहेको छ।
आज कारोबार रकम पनि घटेको छ। सोमबार १६ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा यसदिन कारोबार १४ अर्ब १६ करोड रुपैयाँमा खुम्चिएको छ।


