काठमाडौँः प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले चालु आवको पहिलो ६ महिनामा १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँको नाफा कमाएको थियो ।
पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। यससँगै बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी पनि ऋणात्मक रही प्रतिसेयर २८ रुपैयाँ ५१ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा कायम भएको छ। त्यस्तै, पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ १७ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात २१.२७ गुणा रहेको छ।


