काठमाडौँः साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १९.८५ अंकले घटेर २ हजार ६९४.२० विन्दुमा बन्द भएको हो।
आज २ करोड २० लाख ६० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ९ अर्ब १० करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ५० कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ९ वटा कम्पनीको सेयरमूल्य स्थिर छ।
त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्किट लेभलमा बढेको छ भने सर्वाधिक कारोबार आँखु खोला जलविद्युतको भएको छ। सो कम्पनीको ५५ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


