२०८३ कार्तिक २२ गते शनिवार

घर बहालमा छुट दिन व्यवसायीको माग

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ३०
icchitwan

चितवन- चितवनका व्यवसायीले २० प्रतिशतसम्म घर भाडामा छुट दिन माग गरेका छन्। नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आर्थिक मन्दीबाट व्यवसाय धराशयी अवस्थामा पुगेको भन्दै हाल तिर्दै आएको घर भाडादरमा २० प्रतिशत छुट दिन आग्रह गरेको हो।

मञ्चले नारायणगढमा पत्रकार सम्मेलन गरी आर्थिक मन्दीको असर रहुन्जेल तथा व्यवसाय पूर्ववत् अवस्थामा चलायमान हुन नसक्दासम्म घरभाडा घटाउन माग गरेको हो। मञ्च अध्यक्ष ख्याम नारायण पराजुलीले राजमार्ग विस्तारका साथै विकास निर्माणका कामको असर प्रत्यक्ष रूपमा व्यवसायमा परेकाले व्यवसाय पूर्ववत् सञ्चालन नहुँदासम्म भाडादरमा पूर्ण रुपमा छुट दिन घरधनीलाई अनुरोध गरे। उनले घरबहालसम्बन्धी कर घरधनी स्वयं आफैँले तिर्नुपर्नेसमेत स्पष्ट पारे।

अहिले व्यवसायीले आर्थिक मन्दीका कारण घरभाडा समयमा भुक्तानी गर्न नसक्दा घरधनीलाई समेत असर परेको अध्यक्ष पराजुलीको भनाइ थियो। ‘घर भाडाका कारण व्यवसाय बन्द हुँदै गएको अवस्थामा बेरोजगारी बढ्ने, घरधनीले प्राप्त गर्ने घर भाडा, राज्यले प्राप्त गर्ने व्यवसाय कर, बहाल करलगायत अन्य करसमेत घट्ने हुँदा यसलाई व्यवसायी, घरधनी र राज्य पक्षले सहजीकरण गरी विकल्प खोज्नुपर्दछ’, उनले भने।

चितवनका मुख्य सहर र सडक आसपास क्षेत्रमा ८० देखि ९० प्रतिशतले भवन, सटर, कोठा भाडा लिई व्यवसाय सञ्चालन गर्दै आएका छन्। व्यवसायमा देखिएको ह्रास, चर्को घरभाडा र बैंकको ब्याजका कारण दैनिक खर्च चलाउनसमेत समस्या हुन थालेपछि व्यावसायी पलायन हुँदै गएको अध्यक्ष पराजुलीले बताए। उनले बैंक तथा वित्तीय संस्थाद्वारा प्रदान गरिएको कर्जाको ब्याजलाई एक अंकमा सीमित राख्न राष्ट्र बैंकसँग माग गरे।

प्रकाशित: २०८० जेठ ३० गते मङ्गलबार १२:१२
प्रतिक्रिया

थप समाचार

तिहार सुरु, कागको पूजा गरेर मनाइँदै

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ। कार्तिक कृष्ण...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेबारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

तिहारमा पाँच लाख पाला बजारमा पठाइँदै, माटो अभावले उत्पादनमा चुनौती

काठमाडौँः तिहारमा माटोका पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई उत्पादन र बिक्रीको चटारो छ । गत वर्षको तुलनामा यस वर्ष माटोका पाला बढी बजारमा पठाइएको व्यवसायीले बताएका छन् । तर, मागअनुसार...

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना