काठमाडौँः साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १.५३ अंकले बढेर २ हजार ६९५.७३ विन्दुमा बन्द भएको हो।
आज १ करोड ७५ लाख ७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ११४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १३ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।
त्यस्तै, एसवाई प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार आँखु खोला जलविद्युतको भएको छ । सो कम्पनीको ४१ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


