काठमाडौँः नेपाल धितोपत्र बोर्डले कालिञ्चोक हाइड्रोपावर लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि स्वीकृति प्रदान गरेको छ। बोर्डले सोमबार (आज) आईपीओ निष्काशनको अनुमति दिएको हो।
बोर्डको स्वीकृतिअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १३ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ। यस आईपीओबाट कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य लिएको छ।
कालिञ्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई दिइएको छ।


