काठमाडौं। प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन्। बैंकको मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले शर्मालाई सीईओमा नियुक्त गरेको हो।
प्रभु बैंकबाट अशोक शेरचनले आइतबार दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेपछि नयाँ सीईओमा शर्मालाई माग २० गते (आज)बाट लागु हुनेगरि चार वर्षका लागि नियुक्त गरेको हो।
शर्मा यसअघि सनराइज बैंकमा सीईओ रहेका थिए। माछापुच्छ्रे बैंकमा सीईओ भएर काम गरेका छन्।
यस्तै उनले ग्लोबल आइएमई बैंकमा डिसिईओको जिम्मेबारी पनि सम्हालेका थिए।


