काठमाडौँः नेपाल धितोपत्र बोर्डबाट एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ।
बोर्डले माघ २० गते (आज) कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।
बोर्डबाट अनुमति पाएसँगै यस कम्पनीले अब १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने छ।
सेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।


