२०८३ कार्तिक २४ गते सोमबार

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सूचीकरण ‘होल्ड’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २१
relaince

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) सूचीकरण रोकेको छ। सर्वसाधारणबाट बुक बिल्डिङ विधिमार्फत उच्च मूल्यमा सेयर निष्कासन गरेको रिलायन्स स्पिनिङविरुद्ध उजुरी परेपछि नेप्सेले तत्कालका लागि सूचीकरण प्रक्रिया ‘होल्ड’ गर्ने निर्णय गरेको हो।

नेप्से स्रोतका अनुसार कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको, लगानीकर्ताको अर्बौँ रुपैयाँ जोखिममा पर्न सक्ने अवस्था देखिएको तथा सूचीकरणका लागि तोकिएको समयावधि अझै बाँकी रहेकाले हाललाई प्रक्रिया रोकिएको हो।

नेपाल क्लिक्ससँग स्रोतले भन्यो, ‘कम्पनीको आईपीओ सूचीकरणका लागि एक महिनाको समयसीमा हुन्छ। सो समय अझै बाँकी रहेकाले आवश्यक अध्ययन गरेर मात्रै अघि बढ्ने निर्णय गरिएको हो।’

स्रोतका अनुसार नेप्सेले हाल कम्पनीका कागजात, वित्तीय विवरण र आईपीओ निष्कासनसँग सम्बन्धित प्रक्रियाको अध्ययन गरिरहेको छ।

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ विवादित बन्दै आएको छ। कम्पनीले आफ्नो वास्तविक वित्तीय अवस्था लुकाएर कागजमा मात्र नाफा देखाउँदै महँगो मूल्यमा सेयर निष्कासन गरेको आरोप लगानीकर्ताले लगाउँदै आएका छन्। यही आरोपबीच कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको दरमा आईपीओ निष्कासन गरेको थियो।

कम्पनीले २०८२ पुस ७ गतेदेखि पुस ११ गतेसम्म सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेको थियो। बुक बिल्डिङ विधिबाट निष्कासन गरिएको यस आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो। विवादका बाबजुद पनि लगानीकर्ताको आकर्षण भने उल्लेख्य देखिएको थियो। सेयर खुला भएको करिब ४० मिनेटमै मागभन्दा बढी आवेदन परेको थियो।

आईपीओमा कुल ५ लाख ३२ हजार ८८८ जनाले आवेदन दिएका थिए। तीमध्ये ५ लाख १९ हजार ४६ जनाको आवेदन योग्य ठहरिएको छ। मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको थियो। बाँडफाँडअनुसार १८ हजार ४९५ जनाले मात्र सेयर प्राप्त गरेका छन्। सेयर पाउनेमध्ये १८ जना लगानीकर्ताले ५१ कित्ता सेयर पाएका छन् भने बाँकीले ५० कित्ता सेयर हात पारेका छन्।

आईपीओ बाँडफाँडपछि कम्पनीले सेयर सूचीकरणका लागि नेप्सेमा निवेदन दिइसकेको छ। तर, हाल नेप्सेले सूचीकरण प्रक्रिया अघि बढाउनु अघि आवश्यक अध्ययन गरिरहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार कम्पनीले छिटो सूचीकरण गरिदिन दबाब दिइरहेको भए पनि नेप्सेले जोखिम मूल्यांकनलाई प्राथमिकतामा राखेको छ।

प्रकाशित: २०८२ माघ २१ गते बुधबार ०५:३९
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना