२०८३ कार्तिक २४ गते सोमबार

दार्चुला कांग्रेसमा समाजसेवी तथा कानुनका ज्ञाता जोशीको उदय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २३
dharmanand_joshi

एक मात्र निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुला कांग्रेसको राजनीति ०४८ सालदेखि एकै नामको वरिपरि घुम्यो– दिलेन्द्रप्रसाद बडू। जित होस् या हार, कांग्रेस नेतृत्वले उनलाई सधैँ प्रेम गरिरह्यो, प्राथमिकतामा राखिराख्यो।

२०४८ मा नेकपा (प्रजातन्त्रवादी)का चन्द्रदेव जोशीलाई पराजित गरी निर्वाचित भएका बडू त्यसयता हरेक आम निर्वाचनमा उम्मेदवार बने। २०५१ को मध्यावधि निर्वाचन, २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनलाई कांग्रेसले टिकट दियो तर जित निकाल्न सकेनन्। २०७४ को निर्वाचनमा उनलाई कांग्रेसले समानुपातिक सूचीमा राख्यो। २०५६ र २०७९ को निर्वाचनमा भने उनी निर्वाचित भए। यसरी पटक–पटक मौका पाएर चार पटक सांसद बनेका उनी पाँचपटक मन्त्रीसमेत भए।

तर समय सधैँ एकनास हुँदैन। गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि गगन थापा र विश्वप्रकाश शर्मा समूहले पार्टीभित्र विद्रोह गर्‍यो। भृकुटीमण्डपमा पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति र शर्मा उपसभापति निर्वाचित भए। कांग्रेसको यो रूपान्तरणसँगै आगामी निर्वाचनका लागि अधिकांश नयाँ र युवा उम्मेदवारले मौका पाएका छन्।

यो विद्रोहसँगै दार्चुलामा बडूको तीन दशक लामो विरासतले कोल्टे फेर्‍यो। पुराना र पाका नेता बडू आफैले संसदीय यात्रालाई विश्राम दिने निर्णय गरे। र, कांग्रेसले यसपालि अन्तर्राष्ट्रिय छवि बनाएका बौद्धि युवा नेता धर्मानन्द जोशीलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाएको छ। यो केवल उम्मेदवारको हेरफेर मात्र होइन, दार्चुला कांग्रेसमा एउटा युगको अन्त्य र नयाँ युगको सुरुवात पनि हो।

May be an image of text that says "निर्वाचन आयोग, नेपाल प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मुख्य निर्वाचन अधिकृतको कार्यालय सुदूरपशचिम प्रदेश दा्चुला जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ٩ ढाचला खलड्ञा २०८२/१०/०२ HTe LPIe"

जोशी दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का लक्ष्मणदत्त जोशी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजेशसिंह सामन्तलगायत १० उम्मेदवारविरुद्ध चुनावी मैदानमा छन्।

को हुन् जोशी?
धर्मानन्द जोशी राष्ट्रिय राजनीतिमा मात्रै होइन धेरै सांगठनिक कांग्रेसीहरूका लागि पनि अपरिचित नाम हो। तर बौद्धिक जमात, कानुनी क्षेत्र र समाजसेवामा भने यो नाम नौलो होइन।

सन् १९७५ मा दार्चुलाको शैल्यशिखर ८ पपरथलाको एक सामान्य किसान परिवारमा जन्मिएका जोशीले ७ कक्षामा पढ्दाताका १४ वर्षको उमेरमै घर छाडे। डेरामा बसेर उनले आफ्नो बाँकी अध्ययन अघि बढाए। डेरामा बस्न बाँझा घर लिपपोत गरे। गोठालो गए। घाँसदाउरा गरे। घण्टौँ पैदल हिँडेर खोलामा छेलिएर स्कुल पुगे। कतिपटक त बाढीमा हेलिँदा पनि झण्डै ज्यान जोगिएको अनुभव आफूसँग भएको जोशी बताउँछन्। यो उनको मात्रै होइन, काठमाडौँबाट दूर सुदूर दार्चुलाका आम नागरिकको समान अनुभव हो।

बाल्यकालमै उनलाई अनुभवले समयभन्दा पहिले परिपक्व बनायो।

झुलाघाटबाट मट्टीतेल किनेर ल्याइ टुकी बालेर भविष्य खोज्ने उनै जोशी समयक्रमसँगै संयुक्त राष्ट्र संघ (यूएन)सम्म पुगे। कानुनमा स्नात्तोकत्तर गरेका जोशीसँग यूएनमा १५ वर्षभन्दा लामो समय मानवअधिकार र द्वन्द्व व्यवस्थापनका क्षेत्रमा काम गरेको अनुभव छ।

अफगानिस्तान र इराकका युद्धग्रस्त गल्लीदेखि जेनेभा र न्यूयोर्कका सुविधायुक्त कार्यकक्षसम्मको दुई दशक लामो अनुभव सँगालेर अधिवक्ता जोशी अन्तत: आफ्नै गाउँ फर्किए र समाजसेवामा लागे।

उनले व्यक्तिगत पहलमा २२ लाखको अक्षयकोषसहित मातृभूमि छात्रवृत्ति अक्षयकोश स्थापना गरे। दार्चुलाका २ विद्यालय हुनैनाथ मावि रातामाता र गलैनाथ मावि झारकडामा ११/११ लाख रुपैयाँको अक्षयकोश स्थापित गरी त्यसबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष ५/५ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन्। साथै उत्कृष्ट तीन/तीन जना शिक्षकलाई सम्मान पनि प्रदान गरिँदै आएको छ।

‘मातृभुमी छात्रवृत्ति अक्षयकोष’ को रकम अझै थप्दै जाने र आगामी दिनमा अझैँ विस्तारित हुने उनको भनाइ छ। उनी भन्छन्, ‘शिक्षा नै समाज निर्माणको बलियो आधार हो। शिक्षामा लगानी बढाएमा समाज आफैँ परिवर्तन हुँदै जान्छ। त्यसैले विद्यार्थीलाई हौसला प्रदान गर्न मैले आफ्नोतर्फ सक्ने सानो पहलकदमी लिएको हुँ। सरोकारवालाले शिक्षा क्षेत्रमा अझैँ थप लगानी गर्न आवश्यक छ।’

May be an image of mountain

शिक्षाबाहेक समस्यामा परेका विभिन्न मानिसहरूलाई पनि उनले सहयोग प्रदान गर्दै आएका छन्। मालिका गाउँपालिकाका संघसंस्थासँग समन्व्य गरी स्थानीय अस्पतालमा १६ थान स्ट्रेचर प्रदान गरेका जोशीले संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरूसँग समन्वय गरी २०७८ साउनमा तुइन तर्ने क्रममा मृत्युवरण गरेका जयसिंह धामीको परिवारलाई डेढ लाख रुपैयाँ उपलब्ध गराएका थिए।

स्वच्छ छवि भएका जोशी सुशासन पक्षपाती समाजसेवीका रूपमा चिनिन्छन्। समाजसेवाको चाहना आफूमा अग्रजबाट सरेको उनी बताउँछन्। उनकै पितापुर्खा विष्णुदत्त जोशीले दान गरेको जग्गामा श्री मसिना आधारभूत विद्यालय सञ्चालन भैरहेको र यसले धेरै बालबालिकालाई शिक्षाप्रदानमा सहयोग गरिरहेको छ।

जोशी २००० देखि २००६ सम्म सामाजिक न्यायका लागि गरिएको आन्दोलनमा संलग्न थिए। २००६ देखि २००९ सम्म संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय सेवाअन्तर्गत शान्ति र राजनीति क्षेत्रमा तथा त्यसपछि २०१९ सम्म अफगानिस्तान र इराक लगायतका देशमा द्वन्द्व व्यवस्थापनमा रहेर काम गरेका थिए। विद्यार्थीका रूपमा लोकवतान्त्रिक आन्दोलनमा सक्रिय रूपमा लागेका उनी कानुनी क्षेत्रको सुधारका लागि नेपाल बारले गरेका आन्दोलनमा पनि सहभागी भएका थिए। मानवीय मामिला, मानव अधिकार मामिला, राजनीतिक र चुनावी मामिलामाका लागि भारत, थाइल्याण्ड, मौरिसस, संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, इटाली, स्विट्जरल्याण्ड, युएई, कतारलगायत देशमा पुगेर तालिम प्राप्त गरेको अनुभव उनीसँग छ।

विभिन्न सामाजिक कार्यपछि नीति निर्माण क्षेत्रमै पुगेर शिक्षा, स्वास्थ्य, मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्नसकिने निष्कर्षसहित आफू संसदीय उम्मेदवार बनेको उनी बताउँछन्।

आफ्नै थातथलो फर्किएर समाजसेवामा लागेका उनी भन्छन्, ‘मैले जीवनमा धेरै परीक्षा दिएको छु। दार्चुलाको सुधारका लागि यसपटक अन्तिम विषयको परीक्षा दिनका लागि म संसदीय उम्मेदवार बनेको हुँ।’

प्रकाशित: २०८२ माघ २३ गते शुक्रबार ०८:२१
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना