२०८३ कार्तिक २१ गते शुक्रबार

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १
photo-1_31e6c66f

नवलपरासी: नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरी आज(शुक्रबार)बर्दघाट नगरपालिका–चिसापानीस्थित निर्माणाधीन ट्रमा सेन्टर पुगेर परियोजनाको समग्र प्रगतिबारे जानकारी लिँदै स्थलगत अवलोकन गरेका छन्।

एक वर्षअघि सुरु भएको दुई तल्ले भवनको पहिलो तल्लाको ढलान कार्यक्रम आज तय गरिएको छ। अवलोकनका क्रममा चौधरीले परियोजनाको महत्व औंल्याउँदै सम्बन्धित निर्माण पक्षलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन्। चिसापानी अस्पताल परिसरमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना आगामी असोज २३ गते भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

विनोद चौधरीले भने, ‘बर्दघाट–चिसापानीमा निर्माण भइरहेको यो ट्रमा सेन्टर केवल एउटा भवन होइन, यो जनताको जीवन बचाउने आशाको केन्द्र हो। पूर्व–पश्चिम राजमार्गमा हुने दुर्घटनाका घाइतेले अब समयमै उपचार पाउनेछन्। मैले निर्वाचनका बेला गरेको वाचा अनुसार यस क्षेत्रको स्वास्थ्य पूर्वाधारलाई सुदृढ बनाउने प्रतिबद्धताका साथ यो काम अघि बढिरहेको छ, र तोकिएको समयमै सम्पन्न गर्न म स्वयं निरन्तर अनुगमनमा रहनेछु।’

बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठका अनुसार निर्माण सम्पन्न भएपछि ट्रमा सेन्टरले यस क्षेत्रको स्वास्थ्य सेवामा ठूलो टेवा पुर्‍याउनेछ।

निर्माणाधीन यस ट्रमा सेन्टरले पूर्व–पश्चिम राजमार्गको नवलपरासी–बुटवल खण्डमा हुने सवारी दुर्घटनाका पीडितलाई तत्काल ट्रमा उपचार उपलब्ध गराउनुका साथै स्थानीय तहका आकस्मिक बिरामीलाई सहज सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ। निर्वाचन वाचा अनुसार गौरवको आयोजनाका रूपमा अघि बढाइएको यस परियोजनापछि नवलपरासीबासीमा उत्साह र सकारात्मक अपेक्षा बढेको छ।

प्रकाशित: २०८२ फाल्गुण १ गते शुक्रबार १२:५१
प्रतिक्रिया

थप समाचार

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

काठमाडौं। दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ। स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने

काठमाडौं। दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना