२०८३ कार्तिक १४ गते शुक्रबार

अटिजम सचेतनाको आवाज बनेकी कविता ढकाल ‘मिसेस भोग नेपाल सिजन ३’ मा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ३
474077bc-9c13-48a6-9ee3-c7a3aef01f64

काठमाडौँ: कविता ढकालले मिसेस भोग नेपाल सिजन ३ मा प्रतियोगी नं. ५ का रूपमा प्रभावशाली उपस्थिति जनाइरहेकी छन्। कमलामाई नगरपालिका–१३, सिन्धुली स्थायी घर भई हाल काठमाडौंको टोखामा बसोबास गर्दै आएकी ढकाललाई यस प्रतियोगितामा बलियो प्रतिस्पर्धीका रूपमा लिइएको छ। उक्त प्रतियोगिता सगुन ज्वेलर्स द्वारा आयोजना हुँदै आएको हो।

प्रतियोगी ढकाल बहुआयामिक प्रतिभा, सामाजिक प्रतिबद्धता र आत्मविश्वासका कारण प्रतियोगिताका उल्लेखनीय प्रतिस्पर्धीमध्ये एकका रूपमा हेरिएकी छन्। प्रतियोगितामा सहभागी हुने क्रममा उनले उठाएको प्रमुख विषयवस्तु नेपालमा अटिजम भएका बालबालिकाको भविष्य सुरक्षित गर्न सरकारको ग्यारेन्टी आवश्यक रहेको, सबै विद्यालयमा उनीहरूलाई अन्य बालबालिकासरह समान अवसर प्रदान गर्नुपर्ने तथा समाजमा समान व्यवहार हुनुपर्ने भन्ने रहेको छ।

अटिजमसँग सम्बन्धित क्षेत्रमा सक्रिय सहभागिता जनाउँदै आएकी ढकाल यस प्रतियोगितामा आउनुअघि हाडिगाउँस्थित अभानी फाउन्डेशन मा प्रशासन प्रमुखका रूपमा कार्यरत थिइन्। अटिजम भएका बालबालिका र तिनका अभिभावकसँग नजिकबाट काम गर्दै आएकी उनले संस्थामा व्यवस्थापन, अनुगमन तथा अभिभावक परामर्श (प्यारेन्ट्स काउन्सिलिङ) मा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्।

मिसेस भोग नेपाल सिजन ३ को तयारीका कारण उनले केही समयका लागि नियमित कार्यबाट विश्राम लिएकी भए पनि सामाजिक सेवाप्रतिको उनको प्रतिबद्धता यथावत् रहेको बताउँछिन्। एप्लाइड व्यवहार विश्लेषण (एबीएटी) कोर्सको परीक्षा उत्तीर्ण गरेकी उनले व्यवहार विश्लेषणमार्फत अटिजम भएका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य स्पष्ट देखिन्छ।

व्यक्तिगत विकासका विविध आयाममा पनि कविता ढकाल उत्तिकै सक्रिय छिन्। होटल व्यवस्थापन तालिम, मेकअप आर्टिस्टको औपचारिक कोर्स तथा योग तालिम प्राप्त गरेकी उनले सिप विकासलाई आत्मनिर्भरता र सशक्तीकरणसँग जोड्ने दृष्टिकोण प्रस्तुत गरेकी छिन्।

उनी दैनिक रूपमा योग, जुम्बा तथा जिममा सक्रिय रहँदै शारीरिक र मानसिक सन्तुलनलाई प्राथमिकतामा राख्दै आएकी छन्।

‘पारिवारिक दायित्व, पेशागत व्यस्तता र सामाजिक सेवाबीच सन्तुलन कायम गर्दै देखाएको आत्मविश्वास धेरै महिलाका लागि प्रेरणाको स्रोत बन्न सक्छ। मिसेस भोग नेपालको यो यात्राले स्पष्ट सन्देश दिन्छ कि सशक्तीकरण केवल शब्द होइन, निरन्तर प्रयास, सिकाइ र सामाजिक जिम्मेवारीको अभ्यास हो,’ उनले भनिन्। ‘सौन्दर्यसँगै संवेदनशीलता, प्रतिभासँगै प्रतिबद्धता र आत्मविश्वाससँगै सेवा भाव जोडिन सके मात्र वास्तविक परिवर्तन सम्भव हुन्छ।’

यस प्रतियोगिताको फाइनल कार्यक्रम फागुन १२ गते ललितपुरस्थित म्याजेस्टिक ग्राण्डमा हुने भएको छ। दर्शक तथा शुभेच्छुकहरूले इसेवा एपको भोटिङ एन्ड इभेन्ट्स मेनुमा गई प्रतियोगी नं. ५ छनोट गरेर वा मोबाइल बैंकिङ एपमार्फत क्यूआर कोड स्क्यान गरी भोट गर्न सक्ने आयोजकले जनाएको छ।

प्रकाशित: २०८२ फाल्गुण ३ गते आईतबार १०:५०
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...

घटेर बन्द भयो नेप्से, कारोबार रकम बढेर ८ अर्ब ८९ करोड पुग्यो

काठमाडाैँ: साताको अन्तिम कारोबार दिन (शुक्रबार) सेयर बजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.४५ अंक घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना