काठमाडौँ: केही वर्षअघिसम्म विद्युतीय गाडी प्रयोगबारे बहसमै सीमित रहेको नेपालले एक दशकभन्दा छोटो अवधिमै विद्युतीय गाडी (ईभी) प्रयोग उच्च गतिमा बढेको छ। धेरै विद्युतीय गाडी उत्पादन गर्ने चीन र जापानलाई पनि नेपालले बिक्री दरमा पछि छाडेको छ।
सन् २०२५ मा विश्वभर सर्वाधिक ईभी बिक्री हुने मुलुकमा नेपाल दोस्रो स्थानमा रहेको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी र एम्बरको तथ्यांकअनुसार नर्वेपछि बिक्री वृद्धिदरमा नेपाल दोस्रो स्थानमा छ। तथ्यांकले सन् २०१९ मा नेपालमा विद्युतीय गाडीको हिस्सा ८ प्रतिशत रहेकोमा सन् २०२५ मा उक्त हिस्सा ७३ प्रतिशत पुगेको देखाएको छ।
पहिलो स्थानमा रहेको नर्वेमा ६ वर्षअघि ५६ प्रतिशत ईभी गाडीको हिस्सा रहेकोमा सन् २०२५ मा नर्वेमा ९७ प्रतिशत प्रतिशत ईभी गाडी बिक्री हुँदा डिजेल/पेट्रोल गाडीको हिस्सा ३ प्रतिशत मात्रै रहेको छ।
गत वर्ष चीनमा विद्युतीय गाडीको वृद्धिदर ५३ प्रतिशत रहेकोमा अमेरिकामा १० प्रतिशत, भारतमा ४ प्रतिशत र जापानमा ३ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको छ।


