२०८३ असोज १८ गते आईतबार

१०० दिनभित्र सहकारी बचत फिर्ता गर्ने रास्वपाको प्रतिबद्धता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ७
photo_699cb43e

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार सार्वजनिक गरेको बाचापत्रमा सरकार गठन भएको १०० दिनभित्र सहकारी संस्थामा फसेका साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। रास्वपाले बचत फिर्ताको पूर्ण ग्यारेन्टीसहित समयसीमा तोकी बचतकर्ताको रकम सुरक्षित गर्ने नीति लिएको जनाएको छ।

पार्टीका अनुसार सञ्चालक वा व्यवस्थापन पक्ष बचत फिर्ता गर्न तयार भए र भरपर्दो स्रोत तथा योजना प्रस्तुत गरेमा ‘थुनेर होइन, सुनेर’ समाधान गर्ने नीति अपनाइनेछ। यसअन्तर्गत कानुनी मिलापत्रको बाटो खुला गरिने र उनीहरूलाई थुनाबाहिरै रहेर सम्पत्ति परिचालन तथा ऋण असुलीमार्फत रकम फिर्ता गर्ने अवसर दिइने उल्लेख गरिएको छ।

रास्वपाले बचतकर्ताको हित संरक्षण गर्न ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने घोषणा पनि गरेको छ। यस कोषमार्फत सङ्कटग्रस्त संस्थाका बचतकर्तालाई प्राथमिकताका आधारमा भुक्तानी गरिने र साना बचतकर्तालाई पहिलो प्राथमिकता दिइने नीति अघि सारिएको छ। पार्टीले आफ्नो उद्देश्य सञ्चालकलाई जेल हाल्नु मात्र नभई बचतकर्ताको रकम फिर्ता गराउनु भएको स्पष्ट पारेको छ।

बाचापत्रमा २०८२ साल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको बल प्रयोगलगायत घटनाको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख हुने सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। साथै २०४६ सालदेखि महत्वपूर्ण सार्वजनिक पदमा आसीन व्यक्तिहरूको सम्पत्ति पारदर्शी र कानुनी प्रक्रियाअनुसार छानबिन गर्ने, अवैध रूपमा आर्जित प्रमाणित सम्पत्ति जफत तथा राष्ट्रियकरण गर्न स्पष्ट कार्यविधि तयार गरी लागू गर्ने योजना पनि समेटिएको छ।

पार्टीले कुनै पनि प्रकारका भ्रातृ संगठन निर्माण नगर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दै सुशासन, पारदर्शिता र नागरिकको आर्थिक सुरक्षालाई केन्द्रमा राखेर नीति कार्यान्वयन गर्ने जनाएको छ।

प्रकाशित: २०८२ फाल्गुण ७ गते बिहिबार ०४:१९
प्रतिक्रिया

थप समाचार

यसै वर्ष आर्थिक सुधारका २७ नयाँ कानुन ल्याउन सरकारको तयारी

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालू आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्। शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी...

नेप्से सुधारदेखि आईपीओ प्रणाली पुनरावलोकनसम्म, अर्थ समितिका ५ निर्देशन

काठमाडौँः नेपाली पुँजी बजारमा देखिँदै आएका कानुनी अस्पष्टता, प्रविधिगत कमजोरी र अस्वस्थ कारोबार नियन्त्रणका लागि प्रतिनिधिसभाको अर्थ समितिले सरकार तथा नियामक निकायलाई कडा निर्देशन दिएको...

भारतद्वारा जुट आयातमा एन्टी डम्पिङ शुल्क परिमार्जन

काठमाडौँ: भारत सरकारले नेपाल र बंगलादेशबाट जुट आयातमा एन्टी डम्पिङ शुल्क परिमार्जन गरेको छ। जसमा उत्पादन र उत्पादकको आधारमा विशिष्ट उत्पादकहरूका लागि शून्य शुल्क र बाँकीका लागि उच्च दर तोकिएको...

सेयर किन्न सजिलो, बेच्न झन्झट ! नयाँ नियमले बढायो झमेला

१ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका ‘आधारभूत सेयरधनी’ले आफूले धारण गरेको सेयरको ५ प्रतिशतभन्दा बढी बिक्री गर्नुपरेमा कम्तीमा १५ दिन अगावै सार्वजनिक रूपमा जानकारी गराउनुपर्ने व्यवस्था...

व्यवसायमा बाधा पुर्‍याउने कुन कानुन संशोधन गर्नुपर्छ? निजी क्षेत्रसँग सरकारले माग्यो सुझाव

काठमाडौँ: सरकारले उद्योग–व्यवसायमा बाधा पुर्‍याइरहेका कानुनी व्यवस्था पहिचान गरी सुधारका लागि निजी क्षेत्रसँग सुझाव माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजी क्षेत्रका...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना