२०८३ कार्तिक २१ गते शुक्रबार

देशभर अलपत्र छन् ३० हजार बढी आयोजना, बाधक ठेकेदार कि ऐन?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ११
alapatra

काठमाडौँ: झापा–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले गत फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभामा निर्माण कार्यमा भैरहेको ढिलाइ निर्माण व्यवसायीका कारण भैरहेको सांकेतिक आरोप लगाए। उनले दुई वर्षमा बन्नुपर्ने काम २० वर्षमा पनि नबन्ने गरेको भन्दै ‘ठेकेदार’लाई ‘डण्डा’ चलाएर निर्माण समयमै सक्नुपर्ने आशय व्यक्त गरे।

उनले भने, ‘दुई वर्षमा बन्ने बाटो बीस वर्षमा पनि बन्दैन, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि बाटो बन्नुपर्‍यो।’

उनको यस अभिव्यक्तिबारे सार्वजनिक रूपमा पक्ष/विपक्षमा बहस भैरहेको छ। निर्माण व्यवसायीहरूले भने बालेन्द्रको उक्त अभिव्यक्तिमाथि आपत्ति जनाएका छन्। नेपाल निर्माण व्यवसायी महासंघले विज्ञप्ति नै निकालेर सार्वजनिक आत्मालोचनाको माग गरेको छ।

किन समयमै बन्दैनन् आयोजना?
सर्लाही–४ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक रूपमा बालेन्द्रको उक्त अभिव्यक्तिको खण्डन गरेका छन्। उनले ठेकेदारलाई रुखमा बाँधेर वा उल्टो झुन्डाएर सडक नबन्ने बताएका छन्। थापाले फागुन ७ गते राष्ट्रियसभामा आयोजित प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम र फागुन ९ गते सर्लाहीमा आयोजित पार्टीको चुनावी सभामा निर्माण समयमै सम्पन्न गर्न कानुनी सुधारको रहेको बताए।

सडक समयमै बन्न कम्तीमा पनि ४१ वटा कानुन अवरोध रहेको र तिनलाई संशोधन, परिमार्जन र खारेज गरेर मात्रै समयमै गुणस्तरीय काम गर्न सकिने उनको भनाइ थियो। उनले भनेका थिए, ‘सडक समयमै बन्न कम्तीमा पनि ४१ वटा कानुन अवरोध सिर्जना गर्दो रहेछ। सबैभन्दा पहिलो कुरा नेपालमा सस्तोमा काम गर्नेले ठेक्का पाउने होइन, गुणस्तरीय काम गर्छु र चाँडो सक्छु भन्नेले ठेक्का पाउने कानुन बन्नुपर्छ। जबसम्म जसले सस्तोमा गर्छु भन्छ, उसैले ठेक्का पाउने व्यवस्था रहन्छ, तबसम्म चाहे वडामा होस्, नगरमा होस् वा ठूला सडकमा–काम समयमै सम्पन्न हुन सक्दैन।’

निर्माण व्यवसायी महासंघले पनि निर्माण व्यवासयीहरूसँग छलफल गरेपछि समयमै काम नसकिनुको कारण कानुनमा रहेको दोषारोपण गरेको छ। महासंघले पूर्वाधार क्षेत्रको द्रुत विकासका लागि महासंघले ९ बुँदे रणनीतिक प्रस्ताव सार्वजनिक गरेको छ। जसमा आयोजनाको यथार्थ प्राथमिकिकरण, पर्याप्त बजेट व्यवस्थापन, कुल बजेटको कम्तीमा ४० प्रतिशत पूँजीगत खर्चमा विनियोजन, सार्वजनिक खरिद ऐन २०६३ को विवादास्पद प्रावधान संशोधन, १५ प्रतिशतभन्दा बढी ‘लो बिडिङ’ रोक्ने व्यवस्था, मासिक भुक्तानी प्रणाली सरल बनाउने, निर्माण उद्योगसम्बन्धी एकीकृत छाता ऐन निर्माण, नदीजन्य तथा खानीजन्य सामग्रीको सहज उपलब्धता र उपभोक्ता समितिबाट हुने निर्माणको सीमा १० लाख रुपैयाँसम्म सीमित गर्ने विषय समावेश छन्।

महासंघले नियमनकारी निकायमा निर्माण क्षेत्रसम्बन्धी प्राविधिक ज्ञानको अभावका कारण व्यवसायीले अनावश्यक समस्या झेल्नुपरेको उल्लेख गर्दै सुरक्षाको प्रत्याभूति दिन पनि सरकारसँग माग गरेको छ। ‘निर्माण उद्योगमा प्रतिकूल प्रभाव पर्दा राजस्व संकलनदेखि समग्र अर्थतन्त्रमा असर पर्छ,’ महासंघले जनाएको छ। महासंघले निर्माण उद्योगमैत्री नीति र कानुनी सुधारमार्फत पूर्वाधार विकासलाई तीव्रता दिन आवश्यक रहेको बताएको छ।

देशभर ३० हजार बढी आयोजना अलपत्र
महासंघका अनुसार वि.सं. २०७३/७४ पछि करिब १९ खर्ब रुपैयाँ बराबरका एक लाख हाराहारी आयोजना अघि बढाउने निर्णय भए पनि  हाल ३० हजारभन्दा बढी आयोजना अलपत्र अवस्थामा छन्। यसको कारण अव्यवहारिक नीति–नियम तथा स्रोत अभाव भएको महासंघको भनाइ छ।

मेलम्ची खानेपानी आयोजना, नागढुंगा सुरुङ मार्ग र फास्ट ट्र्याकजस्ता राष्ट्रिय गौरवका आयोजनामा समेत ढिलाइ भैरहेको छ।

प्रकाशित: २०८२ फाल्गुण ११ गते सोमबार ०३:४४
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना