२०८३ कार्तिक १२ गते बुधबार

धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका लागू

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ११
photo-2_2b0f2ec2

काठमाडौँ: धितोपत्रलाई कागजी अवस्थाबाट विद्युतीय प्रणालीमा रूपान्तरण (डिम्याट) गर्ने कार्यलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ‘धितोपत्र अभौतिकीकरण कार्यसंचालन निर्देशिका, २०८२’ लागू गरिएको छ। धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम ३०(१) र धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को विनियम ५० बमोजिमको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा निर्देशिका जारी गरिएको हो।

निर्देशिका बोर्डबाट स्वीकृत भएपछि सिडिएससीको सञ्चालक समितिले तोकेको मितिदेखि लागू हुनेछ। यसले धितोपत्र अभौतिकीकरण, आइजिन प्रदान गर्ने, मिश्रण (मर्जर) तथा छुट्याउने प्रक्रियालाई स्पष्ट र एकीकृत ढंगले कार्यान्वयन गर्ने आधार तय गरेको छ। निर्देशिकाअनुसार अभौतिकीकरण सम्झौता भएपछि संगठित संस्थाले जारी गरेको धितोपत्रको प्रकार अनुसार एउटै प्रकारका धितोपत्र समूहलाई एउटै र फरक प्रकारका समूहलाई छुट्टाछुट्टै आइजिन प्रदान गर्नुपर्नेछ। संस्थापक र सर्वसाधारण शेयर अलग–अलग भएको अवस्थामा भने छुट्टाछुट्टै आइजिन अनिवार्य गरिएको छ।

यसअघि एउटै आइजिनमा राखिएका संस्थापक र सर्वसाधारण समूहका धितोपत्रलाई निर्देशिका लागू भएपछि आवश्यकताअनुसार फरक आइजिनमा वर्गीकरण गरिने व्यवस्था गरिएको छ। दोस्रो बजारमा कारोबारयोग्य धितोपत्रका लागि धितोपत्र बजारबाट उपलब्ध युनिक स्टक सिम्बल र रिफरेन्स नम्बरका आधारमा सिडिएससीले विद्युतीय प्रणालीमार्फत आइजिन सिर्जना गर्नेछ।

यदि कुनै धितोपत्रलाई फरक–फरक आइजिन दिइएको भए तर प्रचलित कानुनबमोजिम एउटै आइजिन पर्याप्त हुने देखिएमा, सम्बन्धित संगठित संस्थाको अनुरोधमा सिडिएससीले आइजिन मिश्रण गर्न सक्नेछ। त्यसका लागि साधारण सभाको निर्णय, राष्ट्रिय दैनिकमा सूचना प्रकाशन, बोर्डको सहमति, धितोपत्र बजारलाई जानकारी गराइएको प्रमाण तथा कानुनअनुसार फरक आइजिन आवश्यक नरहेको स्वघोषणा पेश गर्नुपर्नेछ।

त्यस्तै, एउटै आइजिन दिइएको धितोपत्रलाई कानुनी आवश्यकता अनुसार फरक–फरक आइजिनमा छुट्याउनुपर्ने भएमा पनि समान प्रकृतिका कागजातसहित निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। निर्देशिकाले निष्काशन तथा बिक्री प्रबन्धकलाई आइजिनसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारी नेपाल सरकार, अदालत, बोर्ड वा कानुनबमोजिम अख्तियार प्राप्त निकायले मागेको अवस्थामा बाहेक गोप्य राख्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। साथै, आइजिनसम्बन्धी तथ्यांक सुरक्षित राख्ने दायित्व पनि तोकिएको छ।

धितोपत्र अभौतिकीकरण तथा आइजिनसम्बन्धी कुनै विवाद उत्पन्न भएमा वा निर्देशिकाको व्याख्या गर्नुपर्ने अवस्था आएमा अन्तिम निर्णय बोर्डबाट हुने प्रावधान राखिएको छ। यसअघि लकइन अवधि समाप्त भई मिश्रण वा छुट्याइएका आइजिनहरूलाई पनि यही निर्देशिका बमोजिम मानिने उल्लेख गरिएको छ। यस निर्देशिकाको कार्यान्वयनसँगै धितोपत्रको विद्युतीय व्यवस्थापन थप सुदृढ हुने तथा लगानीकर्ताको हित संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ फाल्गुण ११ गते सोमबार ०५:४३
प्रतिक्रिया

थप समाचार

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम साढे ५ अर्बमाथि

काठमाडौँः मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९४ अंकले बढेर २ हजार ६३०.७६ विन्दुमा बन्द भएको छ। नेप्से परिसूचक सामान्य अंकले बढे पनि बजारमा कारोबार रकम भने वृद्धि भएको छ। सोमबार...

दशैँपछिको पहिलो कारोबार दिन नेप्से सामान्य अंकले घट्यो

काठमाडौँः दशैँ बिदापछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। दशैँअघि लगातार सात कारोबार दिन बढेको नेप्से बिदापछि भने घटेको हो। नेप्सेसँगै...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

संस्थागत लगानीकर्ता बढाउने बोर्डको योजना, सेयर बजारमा अब ‘ठूला खेलाडी’ थपिँदै

काठमाडौँः नेपालको सेयर बजारमा व्यक्तिगत लगानीकर्ताको बाहुल्यता घटाउँदै ठूला तथा दीर्घकालीन संस्थागत लगानीकर्ताको सहभागिता बढाउने तयारी भएको छ। नेपाल धितोपत्र बोर्डले ‘संस्थागत लगानीकर्ता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना