काठमाडौँ: नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ। यसदिन तोलामा ३ हजार ७०० रुपैयाँले सुनको मूल्य घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्य आइतबार पनि घटेको थियो। आइतबार सुनको मूल्य ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार तोलामा ११ हजार रुपैयाँले सुनको मूल्य घटेकोमा दुई दिनमा १४ हजार ७०० रुपैयाँले सुनको मूल्य ओरालो लागेको हो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो। आज चाँदी मूल्य तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ।







