काठमाडौँ: ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा बजार विस्तार गर्दै आएको करेन्ट नुडल्स उत्पादक यशोदा फुड्सले ‘करेन्ट मार्ट’ को काठमाडौँ उपत्यकाभित्र दोस्रो शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले कपनस्थित रिलायन्स कलेज नजिक नयाँ शाखा सुरु गरेको जनाएको छ।
यसअघि बानेश्वरस्थित कात्यानी चोकमा कम्पनीले पहिलो आउटलेट सञ्चालनमा ल्याएको थियो।
नयाँ शाखाको उद्घाटन यशोदा फुड्सका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जीपी शाह र डाइरेक्टर प्रकाश पौडेलले संयुक्त रूपमा गरेका थिए। उद्घाटनको अवसरमा ग्राहकलाई करेन्ट मार्टमा उपलब्ध सम्पूर्ण उत्पादन खरिदमा १० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार मार्टमा करेन्ट ब्रान्डका नुडल्स, विभिन्न स्न्याक्स, चिज बल्स, स्टिक्स र पोटाटो क्र्याकर्स उपलब्ध छन्। त्यसैगरी गोल्ड मसला र सिटिसी चिया तथा जिरा, धनियाँ र रातो खुर्सानी पाउडरलगायत मसला पनि बिक्रीका लागि राखिएको छ।
सन् २०१७ मा स्थापना भएको यशोदा फुड्सले ‘करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका नुडल्स उत्पादन गर्दै आएको छ। कम्पनीका उत्पादन नेपालसहित २२ भन्दा बढी देशमा निर्यात हुने कम्पनीले जनाएको छ।


