२०८३ कार्तिक १४ गते शुक्रबार

ओरालो लाग्यो कच्चा तेलको मूल्य, ब्यारेलको १०० डलर तल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २७
oil_price

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ओरालो लागेको छ। बुधबार कच्चा तेलको भाउ ब्यारलेको न्यूनतम ८३ देखि ९९ डलर आसपासमा कारोबार भएको छ। सोमबार कच्चा तेलको भाउ आकासिएर ११९ डलर नजिक पुगेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो कच्चा तेलको भाउ घटाउन यससँग सम्बन्धित केही प्रतिबन्ध फुकुवा र इरानसँगको युद्ध छिट्टै सकिने संकेत गरेपछि यसको सकरात्मक असर परेको हो।

बुधबार मुरवान क्रुडमा कच्चा तेलको भाउ ब्यारेलको ९९.५७ डलरमा कारोबार भएको छ। यस्तै ब्रेन्ट क्रुडमा तेलको भाउमा भारी गिरावट आई ८७.६४ डलरमा सीमित भएको छ।

यस्तै डब्ल्युटीआई क्रुडमा ब्यारेलको ८३ डलरमा कारोबार भएको आयल प्राइसले जनाएको छ।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता तेलको मूल्यमा भारी वृद्धि भएसँगै उपभोक्ताले इन्धनका लागि बढी मूल्य तिर्नुपरेको छ।

पछिल्लो पाँच वर्षयता सबैभन्दा उच्च मूल्य हो। त्यसपछि निरन्तर घटेर ५५ डलरमा आएको थियो। तर, अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको भाउको ग्राफ बढ्दै गएको छ।

अमेरिका र इजरायलले अघिल्लो शनिबार बिहानदेखि इरानमाथि आक्रमण गरिरहेका छन्। राजधानी तेहरानमा भीषण आक्रमण जारी छ।

अमेरिका र इजरायलको आक्रमणपछि इरानले पनि कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, साउदी अरेबिया र जोर्डनका साथै इजरायलमाथि जवाफी मिसाइल आक्रमण गरिरहेको छ।

यसले मध्यपूर्वमा हवाइ उडान बन्द हुनुका साथै जल यातायात पनि अवरुद्ध हुन पुगेको छ।

यदी युद्ध जारी भएमा यसको असर नेपाललाई पनि ठूलो पर्ने देखिएको छ। ठूलो परिमाणमा पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति गर्दै आएका मध्यपूर्वका मुलुकहरु युद्धमा गएपछि कच्चा तेल आपूर्तिमा ठूलो असर पर्ने देखिएको छ। यसले कच्चा तेल आपूर्तिमा मात्र नभई बहुपक्षीय असर पर्ने विश्लेषकहरुको भनाई छ।

पहिलो असर कच्चा तेल आपूर्तिमा पर्नेछ। विश्वको एकतिहाइ बढी कच्चा तेलको व्यापार हुने हरमुज क्यानल बन्द भएको छ। यो पर्सियन खाडी र ओमान हुँदै जान्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हजमुज क्यानलाई सुचारु गर्ने बताएका छन्।

क्यानल बन्द भए आपूर्ति र सामुन्द्रिक यातायातमा असर पर्नेछ। यो क्यानल बन्द हुँदा साउदी अरेबियालगायत अन्य मुलुकबाट आउने तेलमा असर पर्नेछ।

यो वर्ष विश्व तेल बजार कमजोर रहने अनुमान गरिएको थियो। तर, अमेरिका इरान युद्धले यो प्रक्षेपणलाई फरक पार्ने देखिएको छ। वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) को तेलको भाउ २०२६ को अन्त्यमा ब्यारेलको ६२ डलरमा रहने अनुमान तेल कम्पनीहरुले गरेका छन्।

जुन अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले २०२५ को लागि प्रक्षेपण गरेको औसत ६५.३२ ब्यारेल भन्दा कम हो। एजेन्सीले २०२६ मा ब्रेन्ट क्रूडको औसत मूल्य ब्यारेलको ५५.०८ डलर हुने अनुमान गरेको छ। डब्ल्युटीआईको औसत ५१.४२ ब्यारेल हुने अपेक्षा गरिएको छ।

यस्तै आगामी सन् २०२७ र २०२८ मा कच्चा तेल ब्यारेलको औसत ६९, २०२९ र २०३० सम्ममा ब्यारेलको ७५ डलर हुने अनुमान गरिएको छ। कच्चा तेलका साथै सुन र डलरको भाउ उकालो लागेको छ। विश्वमा महंगी बढ्ने संभावना देखिएको छ।

प्रकाशित: २०८२ फाल्गुण २७ गते बुधबार ०८:१३
प्रतिक्रिया

थप समाचार

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना