काठमाडौँः सोमबार (आज) सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ५ हजार २ सय ६५ रुपैयाँ कायम भएको छ ।


