काठमाडौँ: विश्वव्यापी स्मार्टफोन ब्रान्ड ओप्पोले आगामी नेपाली नयाँ वर्षलाई लक्षित गर्दै ‘ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग’ अभियान सार्वजनिक गरेको छ। यस अभियान अन्तर्गत देशभरका ग्राहकहरूले हरेक हप्तामा आकर्षक पुरस्कार जित्ने मौका पाउनेछन् भने बम्पर पुरस्कारस्वरूप एक भाग्यशालीले रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकल जित्नेछन्।
ओप्पोका अनुसार अभियान चार हप्तासम्म चल्नेछ र यस अवधिमा ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लक्की ड्रमा सहभागी भई विभिन्न पुरस्कार जित्ने अवसर पाउनेछन्। प्रत्येक हप्ता एक जना विजेताले ओप्पो ए६ स्मार्टफोन पाउनेछन्। लक्की ड्र तालिका अनुसार पहिलो हप्ता चैत्र ८, दोस्रो हप्ता चैत्र १५, तेस्रो हप्ता चैत्र २२ र चौथो हप्ता चैत्र २९ मा सञ्चालन हुनेछ।
पारदर्शिता कायम गर्न लक्की ड्र कम्पनीका आधिकारिक सामाजिक सञ्जाल प्लेफर्म मार्फत भिडियो लटरी प्रणालीद्धारा सार्वजनिक रूपमा गरिनेछ। यसबाट ग्राहकहरूले विजेता कसरी चयन गरिन्छ भन्ने प्रक्रिया सहजै अवलोकन गर्न सक्नेछन्।
अभियानको समापन नेपाली नयाँ वर्षको अवसरमा चैत्र ३० मा आयोजना हुने बम्पर ड्रसँगै हुनेछ। यस अवसरमा एक भाग्यशाली विजेताले रोयल इन्फिल्ड हन्टर ३५० प्राप्त गर्नेछन्, जसले नयाँ वर्षको उत्सवलाई अझ विशेष र अविस्मरणीय बनाउने कम्पनीले जनाएको छ।


