काठमाडौँः साताको पहिलो कारोबार दिन आईतबार (आज) सुनको मूल्य घटेको छ । आज सुन तोलामा तोलामा १२ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार उक्त सुन २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ४० रुपैयाँ कायम भएको छ ।


