२०८३ कार्तिक १४ गते शुक्रबार

२७ औँ फ्लोरा एक्स्पोमा ६० हजार दर्शक र १ करोडभन्दा बढी कारोबार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ९
ful

काठमाडौं। २७ औँ फ्लोरा एक्स्पो २०८२ सम्पन्न भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा चैत्र ५ गतेदेखि सुरु भएको उक्त एक्स्पो आइतबार समापन गरिएको हो। चार दिनसम्म सञ्चालन भएको एक्स्पोमा करिब ६० हजार दर्शकले अवलोकन गरेका छन् भने करिब १ करोड ५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ।

फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार एक्स्पोको मुख्य उद्देश्य पुष्प व्यवसायको प्रवद्र्धन गर्नु, व्यवसायीहरूले भोगिरहेका समस्याहरू पहिचान गर्नु तथा ती समस्याहरूलाई नीतिगत रूपमा समाधानका लागि सरकारसमक्ष सुझाव प्रस्तुत गर्नु रहेको छ। यस वर्ष एक्स्पोमा ‘प्लान्ट क्लिनिक’, रैथाने बिरुवाहरूको प्रदर्शनी तथा विभिन्न संघ–संस्थासँग सहकार्यजस्ता नयाँ कार्यक्रमहरू समावेश गरिएको उनले बताए।

उनले भने, ‘हाम्रो उद्देश्य भनेको पुष्प प्रबर्धन गर्ने र समष्टिगत रुपमा व्यवसायको समस्या के छ त्यो नीतिगत रुपमा पहल गर्नलाई सरकारलाई सुझाव दिने हो। यस पटक प्लान्ट क्लिनिक राखेका थियौं। लगभग ६० हजारले एक्स्पो अवलोकन गरेका छन्। अन्तिम दिनमा एकदमै उत्साहित रुपमा अवलोकन गर्नेहरु बढेका थिए। कारोबार लगभग सोचेको भन्दा पनि बढी भएको छ। करिब एक करोड ५ लाख भन्दा माथि नै भएको छ भन्ने अनुमान छ।’

अध्यक्ष श्रेष्ठले एक्स्पोप्रति दर्शक र व्यवसायीबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए। उनले एक्स्पोमा प्रदर्शित बिरुवाहरूको गुणस्तर राम्रो रहेको, नयाँ–नयाँ प्रजातिहरू समावेश गरिएको तथा स्वदेशमै उत्पादन भएका बिरुवाहरूको हिस्सा उल्लेखनीय रूपमा बढी रहेको बताए। उनले पुष्प क्षेत्रलाई अन्य कृषि क्षेत्रसरह प्राथमिकतामा राख्नुपर्ने माग पनि उनले गरे।

 

 

प्रकाशित: २०८२ चैत ९ गते सोमबार ०१:३६
प्रतिक्रिया

थप समाचार

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना