२०८३ कार्तिक १४ गते शुक्रबार

नयाँ इलेक्ट्रिक अफ-रोडर ‘जेको जे सिक्स टी’ सार्वजनिक, मूल्य ६८ लाख ९९ हजार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ९
PRA_4820

काठमाडौँ: नेपालमा ओ‌मोडा जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल प्रालिले जेको जे सिक्स टी सार्वजनिक गरेको छ। बेस्ट-इन-सेग्मेन्ट इलेक्ट्रिक अल–रोडर जे सिक्स टीले ल्यान्ड रोभर डिफेन्डरबाट प्रेरित आकर्षक, बक्सी र रग्ड डिजाइन प्रस्तुत गर्दछ। यो गाडी रियर-व्हील ड्राइभ (आरडब्लूडी) भेरियन्टमा रु. ६८ लाख ९९ हजार रुपैयाँ रहेको छ। यद्यपि ग्राहकहरूका लागि विशेष प्रारम्भिक अफर अन्तर्गत रु.६६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइएको छ।

जेको जे सिक्स को सफलतापछि एसपीजी अटोमोबाइल्स ले जेको जे सिक्स टी लाई भव्य अनावरण कार्यक्रममार्फत सार्वजनिक गरेको हो। कार्यक्रममा Sharda Group का प्रबन्ध निर्देशक श्री सन्दीप कुमार शार्डा, निर्देशक श्री गौरव शार्डा, जेको जे सिक्स का सम्मानित ग्राहकहरू, सञ्चारकर्मीहरू, इन्फ्लुएन्सरहरू, अटोमोबाइल क्षेत्रका अतिथिहरू तथा एसपीजी अटोमोबाइल्स का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमले नेपालमा यस गाडीको औपचारिक डेब्युलाई विशेष रूपमा उजागर गरेको थियो।

अल-रोडर जेको जे सिक्स टी मा रियर-माउन्टेड मोटर रहेको छ जसले २२० एनएम टर्क उत्पादन गर्छ। यसमा लिथियम आयरन फस्फेट  ब्याट्री जडान गरिएको छ, जसले ४३१ किमीसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ। साथै २२५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो गाडी ४४४३ मिमी लम्बाइ, १९१६ मिमी चौडाइ, १७४१ मिमी उचाइ तथा २७१५ मिमी ह्वीलबेसमा उपलब्ध छ। गाडीमा १९-इन्च टायर, १५.६ इन्च सेन्ट्रल टचस्क्रिन, ९.२ इन्च इन्स्ट्रुमेन्ट प्यानल, ५० वाट वायरलेस चार्जर तथा ८ स्पिकर जस्ता आधुनिक फिचरहरू समावेश छन्।

यसअघि जेको जे सिक्स मा २०० मिमी ग्राउन्ड क्लियरेन्स तथा ४०० किमी ड्राइभिङ रेन्ज उपलब्ध थियो भने नयाँ जेको जे सिक्स टीमा अझ बढी ग्राउन्ड क्लियरेन्स र विस्तारित ड्राइभिङ रेन्ज समावेश गरिएको छ। जेको जे सिक्स को सफल आधारलाई थप मजबुत बनाउँदै जे सिक्स टी ले अझ रग्ड डिजाइन, आकर्षक स्टाइलिस तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ, जुन साहसिक यात्रा र कठिन सडक अवस्थाका लागि विशेष रूपमा उपयुक्त छ।

जेको जे सिक्स ले देशभर तथा अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट प्रदर्शन र बेस्ट-इन-सेग्मेन्ट विशेषताहरूका कारण पहिचान बनाइसकेको छ। त्यसैले नयाँ आकर्षक लुक्स र १९ इन्च टायरसहित जे सिक्स टी ले ग्राहकहरूका लागि एक उत्कृष्ट विकल्पको रूपमा आफ्नो स्थान स्थापित गर्ने विश्वास गरिएको छ।

प्रकाशित: २०८२ चैत ९ गते सोमबार ०२:३९
प्रतिक्रिया

थप समाचार

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना