२०८३ कार्तिक २१ गते शुक्रबार

सडकले जोडिदैँ कर्णालीका गाउँ, आठ वर्षमा बन्यो ४२ सय ९१ किलोमिटर सडक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १०
karnali_sadak_2

सुर्खेत। गत वर्ष हुम्ला सदरमुकामसम्म सडक पुगेसँगै कर्णाली प्रदेशका सबै जिल्ला सडक सञ्जालमा जोडिएका छन्। दशकौँसम्म ‘विकट’ र ‘अलग्गिएको’ क्षेत्रका रूपमा चिनिएको कर्णाली आज सडक पहुँचको हिसाबले ऐतिहासिक परिवर्तनको चरणमा पुगेको छ। संघीयता कार्यान्वयनपछि कर्णालीमा सडक विस्तार तीव्र बनेको छ।

प्रदेश स्थापना भएयता मात्रै चार हजार २९१ किलोमिटर सडक निर्माण भएको तथ्याङक छ। यसले कर्णालीको सामाजिक–आर्थिक संरचनामा समेत गहिरो प्रभाव पारिरहेको छ।

संघीय शासन व्यवस्थाले प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण गरेपछि विकासका कामहरू स्थानीय आवश्यकता अनुसार अघि बढ्न थाले।

पहिले केन्द्रबाट बजेट, योजना र प्राथमिकता निर्धारण हुने हुँदा कर्णालीजस्ता दुर्गम क्षेत्र पछाडि पारिन्थे। प्रदेश सरकार आफैंले प्राथमिकता निर्धारण गर्ने अधिकार पाएपछि सडक विस्तारमा तीव्रता आएको हो।

कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार प्रदेश सरकारले वार्षिक बजेटको ठूलो हिस्सा सडक निर्माणमै केन्द्रित गर्दै आएको छ। ‘पहुँच नै विकासको आधार हो’ भन्ने मान्यताका साथ गाउँ–गाउँमा सडक पुर्‍याउने नीति लिइएको छ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको तथ्याङक अनुसार कर्णाली प्रदेशमा विगत आठ बर्षको अवधीमा चार हजार २९१ किलोमिटर सडक निर्माण भएको छ।

यो अवधीमा २७५ किलोमिटर सडम कालोपत्रे गरिएको छ भने ७५६ किलोमिटर सडक ग्राभेल गरिएको छ। मन्त्रालयअन्तर्गत चालू आर्थिक वर्षको पुस मसान्तसम्म तीन हजार २०६ किलोमिटर सडक ‘ट्रयाक ओपन’ गरिएको मन्त्रालयका बरिष्ठ इन्जिनियर रमेश सुवेदीले बताए।

आर्थिक वर्ष पुस मसान्तसम्म मात्र कर्णालीमा १६५ कलिोमिटर सडक बढाइएको छ। यो मध्ये २५.२५ किमी कालोपत्र गरिएको छ। पछिल्लो आठ वर्षयता कर्णालीमा सडक सञ्जाल बिस्तारले तीव्रता पाएको हो।

आर्थिक वर्ष ०७४/०७५ आर्थिक वर्ष ०८१/०८२ सम्म २५० किमि सडक कालोपत्रे गरिएको छ। २०७४ सालदेखि २०८० सालसम्म जम्मा १७८ किमि सडक कालोपत्र भएकोमा अवधीको आर्थिक बर्ष ०८१/०८२ मामात्र ७२ किलोमिटरमा चालू आर्थिक वर्षको पुस मसान्तसम्म मात्र २५.२५ किलोमिटर सडक कालोपत्रे गरिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

कर्णालीको सडक विकासका लागि मन्त्रालयले चालु आर्थिक वर्षदेखि सडक गुरुयोजना निर्माण गरि कार्यान्वयमा ल्याएको छ। प्रदेश सरकार स्थापना भए यता राजधानी वीरेन्द्रनगरमै प्रदेश सरकारले अर्बौं रुपैयाँ सडक पूर्वाधारमा लगानी गरेको छ। जसका कारण वीरेन्द्रनगरका एक दर्जन बढी सडकमा कालोपत्रे, ग्राभेल र स्तरोन्नतिको काम भएको छ।

प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार राजधानी वीरेन्द्रनगरभित्र विभिन्न १७ वटा सडक कालोपत्रे गरिको र दर्जनौँ सडकको निर्माण कार्य जारी रहेको छ। कर्णाली सरकारले चालु आर्थिक वर्ष ०८२/०८३ मा १२० किलोमिटर सडक कालोपत्रेको लक्ष्य राखेको छ।

जसमध्ये पुस मसान्तसम्म २५ किलोमिटर मात्र सडक कालोपत्रे गरिएको छ। चालू आर्थिक वर्षमा ६०० भन्दा भन्दा बढी सडक आयोजना कार्यान्वयनको चरणमा रहेको र ती सडकमध्ये १०० भन्दा बढी बहुवर्षीय आयोजना रहेका छन्।

सडक गुरुयोजना कार्यान्वयन

कर्णाली प्रदेशका १० वटै जिल्लामा आवश्यक सडक पूर्वाधार निर्माण, स्तरोन्नति र मर्मत सम्भार गरी ग्रामीणस्तरसम्म यातायात सेवाको सहजताका लागि कर्णाली प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजना बनाई लागू गरेको छ।

स्थानीय पूर्वाधार विकास विभागको सहकार्यमा कर्णाली प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माण गरे कार्यान्वयनको चरणमा रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता वरिष्ठ इन्जिनियर रमेश सुवेदीले जानकारी दिए।

‘गुरुयोजनामा कर्णाली प्रदेशअन्तर्गत पर्ने सडकलाई जीआईएस नक्सामा रेखाङ्कन गरिएको र सडकहरूलाई जिल्लागत सूचीबद्ध गरिएको छ,’ उनले भने, ‘गुरुयोजना निर्माण भई सकेपछिका सबै सडक आयोजना गुरुयोजनाभित्रैबाट मात्र गरिने छ।’

सडक सञ्जाल गुरुयोजनाले गरेको सडकहरूको प्राथमिकीकरण तथा योजना निर्माण गर्ने प्रणालीको थालनी गरिएको उनको सुवेदीको भनाई छ।

‘गुरुयोजनाअनुरुपका विकास योजना दिगो, व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन उद्यत पुग्छ’ उनले भने, ‘प्रादेशिक सडक गुरुयोजनाभित्र रहने प्रादेशिक राजमार्ग, र प्रादेशिक सडक गत आर्थिक वर्षदेखि मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ सोही अनुरुप प्रदेशका योजना प्राथमिकीकरण गर्ने प्रयास थालिएको छ।’

विभिन्न सूचकहरुको आधारमा गुरुयोजनामा समावेश भएका सडकहरुको प्राथमिकीकरण गरी स्रोत पहिचान तथा योजना बनाउन बाँकी रहेको उनले बताए। एसियाली बिकास बैंक (एडीबी) र विश्व बैंकको सहयोगमा सञ्चालित ठुला आयोजना कार्यान्वयन गर्दा गुरुयोजनाबाटै प्राथमिकता दिने भए पनि प्रदेशमा पूर्ण रुपमा कार्यान्वयन गर्न नसकिएको उनको भनाई छ।

‘चालु आर्थिक वर्षमा कार्यान्वयनमा रहेका नयाँ र ठुला बहुबर्षिय सडक आयोजनाहरु गुरुयोजनाभित्रैबाट प्राथमिकतामा राखिएको भए पनि पूर्ण रुपमा कार्यान्वयन गर्न सकिएको छैन।’

कर्णाली प्रदेश सरकारकै आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा कर्णाली प्रदेशमा सुरिक्षत, गुणस्तरीय र भरपर्दो सडक पूर्वाधार विकासका लागि पहिचान भएका प्रदेश लोकमार्ग तथा अन्य मार्गहरूको प्राथमिकीकरणसहित प्रादेशिक सडक गुरुयोजना तयार गरिने तथा गुरुयोजनाअनुसार सडकहरूको प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिनेछ भनेर उल्लेख गरिएको थियो।

कर्णाली प्रदेश सरकारले निर्माण गरेको प्रादेशिक सडक सञ्जाल गुरुयोजनामा जम्मा २८२ वटा सडक समावेश भएका छन् । जसमा प्रदेश लोकमार्ग भनेर १०३ वटा राजमार्गलाई छुट्ट्याइएको छ भने प्रदेश सडक भनेर १७९ वटा राजमार्गलाई छुट्ट्याइएको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार कर्णालीका १० वटा जिल्लामा सबैभन्दा धेरै प्रदेश लोकमार्ग र सडक सुर्खेतमा छनोट भएका छन्। कर्णालीको प्रादेशिक सडक सञ्जाल गुरुयोजनामा जम्मा ५ हजार ९५७ किलोमिटर सडक निर्माणको काम प्रदेश सरकारले जिम्मा लिने भएको छ।

प्रकाशित: २०८२ चैत १० गते मङ्गलबार ०५:१९
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना