२०८३ साउन १३ गते बुधबार

पोखरामा वाडा अटो शो सुरु: कुन कुन ब्राण्डका सवारीसाधन राखिएका छन्?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ११
wada

पोखरा: पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसन (वाडा) र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजना गरिएको दोस्रो नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ आजदेखि पोखराको लेकसाइड, तालबराही चोक स्थित खेल मैदानमा सुरु भएको छ।

प्रदेशकै सबैभन्दा ठूलो अटो प्रदर्शनीको रूपमा तयार भएको यस प्रदर्शनीमा १६ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, १० वटा ब्राण्डका २–पाङ्ग्रे, एउटा हेभी कमर्शियलसहित लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र वित्तिय संस्थाका २० स्टलहरू सहभागी छन्।

चार पाङ्ग्रेमा टाटा, ओमोडा एण्ड जेको, लिपमोटर, किया, डिपल, नामी, बीवाइडी, एमजी, हुन्डाई, फोर्थिङ, प्रोटोन, सुजुकी, स्काईवर्थ, अउकवेल, कायी र निसान तथा दुई पाङ्ग्रेमा एथर, एम्पियर, टीभीएस, यामाहा, जोन्टिस जस्ता ब्रान्ड राखिएका छन्। यी सबै ब्रान्डका बिक्रेताले नगद छुटसहित विभिन्न अफर पनि सार्वजनिक गरेका छन्।

यस संस्करणमा विशेष भिन्टेज कार शो आयोजना गरिएको छ, जहाँ ऐतिहासिक पुराना मोडलका कारहरूको जानकारी अवलोकनकर्ताहरूले प्रत्यक्ष हेर्न सक्नेछन्। साथै, अत्याधुनिक प्रविधि र नवपरिवर्तन प्रस्तुत गर्न युनीट्रि जि वान ह्युमानोइड रोबोट, युनीट्रि गो टु, चंखे जस्ता रोबोटहरूको प्रदर्शन राखिएको छ।

आयोजकले जानकारी दिए अनुसार, ५ दिनसम्म चल्ने प्रदर्शनीमा करिब ४५ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनी टिकटमा विशेष आकर्षण स्वरूप खल्ती एपमार्फत टिकट खरिद गर्दा क्यास ब्याक सुविधा पनि उपलब्ध छ। प्रत्येक दिन पहिलो १०० जना साधारण टिकटमा ५०% र पहिलो १०० जना विद्यार्थी टिकटमा १००% फिर्ता।

पोखरा महानगरपालिकाको प्रबर्द्धन तथा ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)को व्यवस्थापनमा संचालन भइरहेको यस प्रदर्शनीले अटो व्यवसायको प्रबर्द्धन, आधुनिक प्रविधि अवलोकन, र आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ।

प्रकाशित: २०८२ चैत ११ गते बुधबार ०२:००
प्रतिक्रिया

थप समाचार

यामाहा एक्सएसआर १५५ को बुकिङ खुला, मूल्य कति पर्ला?

काठमाडौं : रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजनमा तयार गरिएको यामाहाको नयाँ एक्सएसआर १५५ मोटरसाइकल नेपाल भित्रिने भएको छ। यसको अग्रिम बुकिङ खुला गरिएको छ। नेपालका लागि यामाहाको आधिकारिक...

नेपालमा सार्वजनिक भयो म्याक्सस ईटेरोन, पहिलो ५० ग्राहकले ८८ लाखमै किन्न पाउने

काठमाडौँ: नेपालमा म्याक्सस सवारीसाधनको आधिकारिक बिक्रेता हिमालय मोट्रोक्स प्रालिले नयाँ विद्युतीय पिकअप म्याक्सस ईटेरोन ९ कम्फोर्ट सार्वजनिक गरेको छ। कम्पनीले यो मोडल पहिलो ५० जना ग्राहकका...

सवारी चालक अनुमतिपत्रको छपाइ तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै

मकवानपुर: बागमती प्रदेश सरकारले यातयात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम अघि बढाएको छ। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा यातायात सेवालाई व्यवस्थित एवं प्रभावकारी...

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

काठमाडौँ: प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको छ। यो मलेसियन कार ब्रान्ड हो। नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले एक कार्यक्रमबीच ई मास फाइभ प्राइम...

नाइमा अटो शोमा नीति संवाददेखि ब्याट्री रिसाइक्लिङसम्म विशेष छलफल हुने : ऋतु सिंह वैद्य

काठमाडौँ: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन २६ देखि ३१ गतेसम्म (अगस्ट ११ देखि १६) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो शो–२०२६ को तयारी तीव्र...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना