२०८३ कार्तिक २३ गते आईतबार

विवादास्पद व्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १९
Dipak-Bhatta

काठमाडौं। सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका विवादस्पद व्यवसायी दीपक भट्टमाथि थप अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो।भट्टलाई प्रहरीले आज बिहीबार पक्राउ गरेको हो।सम्पत्ति शुद्धीकरणको आरोपमा प्रहरीले पक्राउ गरेका भट्टलाई आजै जिल्ला सरकारी वकिल काठमाडौंले अदालतमा पेस गरेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो।

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो।

भट्टमाथि लामो समयदेखि राजनीतिक पहुँचको आधारमा सेटिङमार्फत् स्वार्थअनुरूप काम गराउँदै आएको आरोप लाग्दै आएको छ। सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कडाइका साथ अनुसन्धान अघि बढाइएपछि भट्टमाथि कारबाही प्रक्रिया अघि बढेको हो।

भट्ट इन्फिनिटी होल्डिङ्स प्रालिका प्रमुख हुन्। यस कम्पनीमा भएको शंकास्पद वित्तीय कारोबारका कारण उनी २०७९ मंसिरमै अनुसन्धानको दायरामा तानिएका थिए। नेपाल राष्ट्र बैंकले कम्पनीको पुँजी अस्वाभाविक रूपमा वृद्धि भएको र लगानीको स्रोत नखुलेको भन्दै छानबिनका लागि सिफारिस गरेको थियो।

उपलब्ध विवरणअनुसार इन्फिनिटी होल्डिङ्सको चुक्ता पुँजी २०७७ असार मसान्तमा तीन करोड रुपैयाँ रहेकोमा एक वर्षमै बढेर ४८ करोड रुपैयाँ पुगेको देखिन्छ। तर उक्त वृद्धिको स्पष्ट स्रोत खुल्न नसक्दा शंका थप गहिरिएको हो।

त्यसैगरी, भट्टको व्यक्तिगत खातामा जगदम्बा स्टिलबाट ४५ करोड रुपैयाँ स्थानान्तरण भई पुनः सोही रकम इन्फिनिटी होल्डिङ्समा जम्मा गरिएको देखिएको छ।

अनुसन्धानका क्रममा इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्स लिमिटेडमा ४५ करोड रुपैयाँ लगानी गरिएको भेटिएको छ। तर उक्त लगानीको स्रोत र पारदर्शितामाथि प्रश्न उठेको छ। साथै, भट्ट र लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील भट्टबीच पारिवारिक सम्बन्ध रहेको र प्रभाव प्रयोग भएको हुनसक्ने आशंका पनि राष्ट्र बैंकको पत्रमा उल्लेख छ।

विवादास्पद व्यापारी दीपक भट्ट पक्राउ, के हो उनीमाथिको आरोप?

यति मात्र होइन, भट्टले विभिन्न कम्पनी र सहायक संस्थामार्फत ठूलो रकम दुरुपयोग गरेको समेत खुलेको छ। अनुसन्धानअनुसार उनले करिब तीन अर्ब ८१ करोड रुपैयाँ विभिन्न संस्थाबाट निकालेर सेयर बजारमा लगानी गरेका थिए।

यसमध्ये दुई अर्ब ७३ करोड रुपैयाँ हिमालयन रि–इन्स्योरेन्सबाट, २२ करोड हिमालयन सेक्युरिटिजबाट, ३३ करोड नेपाल लाइफ इन्स्योरेन्ससम्बद्ध संस्थाबाट, २५ करोड एचएलआई लार्ज क्याप फन्डबाट र १६ करोड नेपाल माइक्रो इन्स्योरेन्सबाट निकालिएको देखिएको छ।

दीपक भट्टको पौने चार अर्बको शंकास्पद कारोबार: इन्फिनिटीदेखि रिइन्स्योरेन्ससम्म छानबिन

उक्त रकम भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत विभिन्न कम्पनीहरूको सेयर खरिदमा प्रयोग गरिएको थियो। यस क्रममा बीमा सम्बन्धी कानुन उल्घंन भएको हुनसक्ने आशंकामा नेपाल बीमा प्राधिकरणलाईसमेत अनुसन्धानका लागि संलग्न गराइएको छ।

यसअघि पनि भट्ट जगदम्बा स्टिलबाट रकम लिएर हिमालयन रि–इन्स्योरेन्समा लगानी गरेको विषयमा अनुसन्धानमा तानिएका थिए। हालसम्मको अनुसन्धानले उनको आर्थिक कारोबारमा गम्भीर अनियमितता र अपारदर्शिता देखाएको राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानले देखाएको छ।

सम्पत्ति शुद्धिकरणको राडारमा विवादस्पद व्यवसायी दीपक भट्ट, विदेश जान रोक

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंक स्टेटमेन्ट, वित्तीय विवरण तथा कारोबारको प्रकृतिको विश्लेषणपछि थप अनुसन्धान आवश्यक ठहर गर्दै प्रक्रिया अगाडि बढाएको छ। यस प्रकरणले नेपालको वित्तीय प्रणालीमा पारदर्शिता र नियमनको अवस्थामाथि पुनः बहस सुरु गराएको छ।

दीपक भट्टको नेपाली कांग्रेस, नेकपा एमालेलगायत अन्य राजनीतिक दलका उच्च नेतासँग राम्रो सम्बन्ध भएकाले हिमालयन रि–इन्स्योरेन्स, माइक्रो इन्स्योरेन्स खोल्न सफल भएका छन्। यस्तै उनले हिमालय स्टक एक्सचेन्जको लाइसेन्स हड्प्ने तयारीमा थिए। तर, अहिले रोकिएको छ।

 

प्रकाशित: २०८२ चैत १९ गते बिहिबार ०६:५१
प्रतिक्रिया

थप समाचार

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे सहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना