२०८३ कार्तिक २६ गते बुधबार

बैंकको ऋण नतिरेपछि लिलामीमा चढ्यो पोखराको चारतारे हेरिटेज होटल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ९
heritage-hotel-suites

काठमाडौँ: दुई वाणिज्य बैंकबाट लिएको ऋण तिर्न नसकेपछि आठ वर्षअघि पोखरामा खुलेको चारतारे हेरिटेज होटल एन्ड स्वीट्स प्रालि लिलामीमा जाने भएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र हिमालयन बैंकले धितो राखेको सम्पत्ति बिक्री गर्न लागेको हो। इन्भेस्टमेन्ट र हिमालयन बैंकले सहवित्तीयकरणबाट हेरिटेज होटलमा ऋण लगानी गरेका थिए।

पर्यटन व्यवसायी रविचन्द्र हमालले एक अर्ब रुपैयाँ लगानीमा उक्त होटल बनाएका हुन्। होटल २०७५ असोज ३० देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो।

कर्जा सम्झौताबमोजिम तिर्न बुझाउन पटक पटक मौखिक तथा लिखित ताकेता र सार्वजनिक सूचना प्रकाशित गर्दासमेत ऋणी हेरिटेज होटल तथा जमानीकताहरुले पूर्ण वेवास्ता गरि कर्जा चुत्ता गर्नेतर्फ पहल नगरेको दाबी बैंकको छ।

सात दिनभित्र साँवा, ब्याज र उक्त रकममा लाग्ने हर्जनालगायतका अन्य दस्तुरसमेत तिर्न बैंकले ‘अल्टिमेटम’ दिएको छ। यस्तै कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने चेतावनी बैंकले गराएको छ। सात दिनभित्र ऋण नतिरे लिलामीको प्रक्रिया सुरु गर्ने बैंकले जानकारी गराएको छ।

ऋण असूल गर्न होटलले कर्जाको सुरक्षणको रुपमा धितोबन्धक लेखिदिएका मकवानपुर शिखरकोट र पोखरामा रहेको चल अचल सम्पत्ति बिक्रीका लागि प्रस्ताव मागेको छ।

सम्पत्ति लिलाम बिक्री नभए अन्य व्यवस्था गरी बेचविखन गर्नसक्ने वा प्रचलित कानून बमोजिम बैकले सकार गरी लिनसक्ने र उक्त सम्पत्तिबाट बैंकको सम्पूर्ण बक्यौता रकम असूल नभएमा प्रचलित कानून बमोजिम असुल उपर गर्न आवश्यक कारवाही अघि बढाइने बैंकले जानकारी दिएको छ।

काठमाडौंमा ट्राभल एजेन्सी र होटल सञ्चालन गर्दै आएका व्यवसायी हमालले लेकसाइडमा हेरिटेज होटल सञ्चालनमा ल्याएका हुन्।

पाँच रोपनी क्षेत्रफलमा फैलिएको होटलमा तीनवटा भवन छन्। तीनवटै भवन विशुद्ध नेपाली कलाले भरिपूण रहेको छ। होटल बनाउन भक्तपुरबाट कलात्मक इँटाहरु ल्याइएको थियो। यस्तै झ्यालहरु ऐतिहासिक रुपमा महत्व राख्ने खालका छन्। होटलको मूल ढोकादेखि झ्याल, ढोका, सिंडी, बार्दलीमा नेपाली कलाकृति कुँदिएको छ।

होटल निर्माण गर्न आठ वर्ष लागेको थियो। मौलिक नेपाली सामानको प्रयोग र कलात्मक बनाउँदा समय लागेको होटलको ‘लञ्च’ कार्यक्रममा हमालले जानकारी दिएका थिए। पुरानो कला, कौशलको प्रयोग गरी नेपाली संस्कृति झल्काउन आफूले समय र पैसा लगानी गरिएको छ। त्यसबेला उनले होटलमा १०० डलरदेखि १५० डलरसम्मका कोठाहरु उपलब्ध रहेको जानकारी गराएका थिए।

होटलमा कुल ६८ कोठा छन्। अन्नपूर्ण हिमालको नामबाट राखिएको पहिलो ब्लक ५ तलाको छ। भुईंतलामा लबी र कोठाहरु छन भने अन्य तलामा सबै कोठाहरु छन्।

लाङटाङ हिमालको नाममा रहेको लाङटाङ ब्लक बीचमा छ। यसमा पनि भुईंतलामा ज्याकोजी लगायतका सेवाहरु छन्। सबैभन्दा पुछारको ब्लक सगरमाथाको नाममा एभरेष्ट ब्लक भनेर राखिएको छ। यसमा हेल्थ क्लब, स्टिम, साउना, ज्याकुजी, स्पाः थेरापी, पुलवार, रेष्टुरेण्ट, बारलगायत छन्।

होटलमा पाँच सय क्षमताको दुई वटा सभाहलका साथै पर्याप्त पार्किङ स्पेस छ भने तीन वटै भवनको बिचमा स्विमिङ पुल छ। होटलमा स्विट रुम १८ वटा छन् भने सबै डिलक्स रुम छन्।

 

प्रकाशित: २०८३ बैशाख ९ गते बुधबार ०६:५८
प्रतिक्रिया

थप समाचार

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना