काठमाडौं। निजी लगानीमा ३० मेगावाट क्षमताको म्यार्दीखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। म्यार्दीखोला हाइड्रोपावर कम्पनीले आयोजना बनाउन विद्युत विकास विभागमा निवेदन दिएको छ।
विभागले कम्पनीलाई आयोजनाबाट बिजुली उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिन प्रक्रिया अघि बढाएको छ। आगामी ३५ दिनपछि कम्पनीले विभागबाट आयोजना बनाउन लाइसेन्स पाउनेछ।
प्रस्तावित आयोजना आउँदो २०८५ चैतमा सक्ने लक्ष्य रहेको विकासकर्ता कम्पनीले जनाएको छ। आयोजनाबाट वार्षिक १७ करोड ३३ लाख युनिट विद्युत ऊर्जा उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ।
आयोजनाको संरचना लम्जुङको मस्र्याङदी गाउँपालिका र मनाङको नासो गाउँपालिकाको म्यार्दीखोलाको दायाँ किनारमा बनाउने प्रस्ताव गरिएको छ।
बिजुली उत्पादनका लागि म्यार्दीखोलाको पानी फर्काउने बाँधको कूल लम्बाइ १० मिटरको हुनेछ। यस्तै हेडरेस टनेलको लम्बाइ ३४ सय ५० मिटर लामो हुने कम्पनीले जनाएको छ।
विद्युतगृहमा १५/१५ मेगावाट क्षमता दुईवटा भर्टिकल एक्सेस पेल्टर्न टवाईन र दुईवटा थ्रीफेज जेनेरेटरमार्फत ३० मेगावाट बिजुली उत्पादन हुने जानकारी कम्पनीले दिएको छ।
आयोजनाबाट उत्पादन हुने बिजुली १० किलोमिटर दुरीमा रहेको नेपालल विद्युत प्राधिकरणको मनाङ हव सबस्टेशनबाट राष्ट्रिय प्रणालीमा जोड्ने जानकारी कम्पनीले दिएको छ।


