काठमाडौंः सरकारले आगामी आर्थिक वर्षदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो व्यवस्था लागू गरिने घोषणा गरेका हुन्।
सरकारले विकास आयोजनाबाट प्रभावित स्थानीयलाई प्रत्यक्ष लाभ सुनिश्चित गर्ने उद्देश्यले मुआब्जासँगै सेयर लगानीको विकल्प अघि सारेको जनाएको छ।
