२०८३ कार्तिक २३ गते आईतबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पक्राउप्रति पौडेलले उठाए कानुनी र प्रक्रियागत प्रश्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ३०
jyoti-pandey-nimb1234

काठमाडौँ: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेपछि यस विषयमा बहस सुरु भएको छ। नेपाल वायुसेवा निगमका पूर्व कार्यकारी अध्यक्ष डिमप्रसाद पौडेलले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओको पक्राउलाई लिएर गम्भीर कानुनी र प्रक्रियागत प्रश्न उठाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले बचतकर्ताको रकम सुरक्षा र ऋण असुलीको प्राथमिकताका विषयमा प्रहरी प्रशासनको कदममाथि आशंका व्यक्त गरेका हुन्।

पौडेलले बचतकर्ताको पैसा ऋण लगानी गर्ने बैंकको प्रमुखले पहिले ऋण कसरी असुली गर्ने भन्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनले लिक्विडेशन (खारेजी) मा गएको कम्पनीको अवशेष सम्पत्तिका विषयमा सीईओलाई पक्राउ गरिनु तर्कसंगत नभएको संकेत गरेका छन्।

स्मार्ट टेलिकम प्रकरण: इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

अन्तर्राष्ट्रिय मापदण्ड र प्रचलित नेपाली कानूनको हवाला दिँदै पौडेलले भनेका छन्, ‘कुनै पनि कम्पनी टाट पल्टेको वा लिक्विडेशनमा गएको अवस्थामा बाँकी रहेको सम्पत्तिमा सरकारको भन्दा पहिले साहु (बैंक) को हक लाग्छ।’

उनले लेखेका छन्, ‘दिवालिया सम्बन्धी कानूनले सरकारको दाबीलाई चौथो स्थानमा राख्छ भने साहु (बैंक) को हकलाई दोस्रो प्राथमिकतामा राख्छ।’ यस परिस्थितिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ऋण दिने प्रमुख साहु भएकोले सरकारको दाबीभन्दा बैंकको कर्जा असुलीले पहिलो प्राथमिकता पाउनुपर्ने उनको तर्क छ।

पौडेलले प्रहरीले कानून नबुझेको भन्न नसकिने तर यस प्रकरणमा कानूनलाई नजरअन्दाज गरिएको हो कि भन्ने आशंका व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘यहाँनिर ऋण दिने साहु नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हो। सरकारको भन्दा पहिला बैंकको कर्जा असुलीले प्राथमिकता पाउँछ। प्रहरीले कानून जानेको छैन भन्न सकिँदैन तर नजर अन्दाज भयो कि?’

बैंकका सीईओ जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिलाई यसरी पक्राउ गर्दा बैंकिङ क्षेत्रको मनोबल र ऋण असुलीको प्रक्रियामा असर पर्न सक्ने उनले बताएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सीईओ पाण्डेलाई मंगलबार राति सिन्धुलीबाट पक्राउ गरेको हो।

स्मार्ट टेलिकम प्रकरणः अर्बौं निक्षेप जोखिममा, सम्पत्ति लिने सरकार ऋण दायित्वबाट पन्छिन मिल्छ?

बैंकले स्मार्ट टेलिकम कम्पनीलाई ५ अर्ब २० करोड रुपैयाँ ऋण दिएको थियो। तर त्यो ऋण डुबेपछि सम्पति लिलाम गरेर बैंकले ऋण उठाएको थियो।अनुसन्धानका क्रममा उक्त बैंकले सरकारले टेकओभर गरेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई लिलाम गरेको खुलेको छ।

टेलिकमले ऋण नतिरेपछि सरकारका तर्फबाट नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम अधिग्रहण गरेको छ। त्यसपूर्व कम्पनीको नाममा रहेको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गराउने कार्य भएको विषयमा अनुसन्धान भैरहेको छ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स नवीकरण नगरेको कारण स्मार्ट टेलिकम २०८० वैशाख स्वतः रद्द भएको हो। स्मार्ट टेलिकममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा बैंकबाट ऋण लिएर साँवा तथा ब्याज भुक्तानी नगरेको स्मार्ट टेलिकमलाई धितो लिलामीबाट असुली गरिसकेको छ।

बैंकले कानुनी आधारमै टेकेर र प्रक्रिया पुर्याएर धितो लिलामीबाट ऋण असुली गरेको देखिन्छ। यता दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेज भएका सेवा प्रदायकको सम्पत्ति र भौतिक पूर्वाधारहरू आफ्नो नियन्त्रणमा रहने दाबी गर्दै आएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक स्मार्ट टेलिकमबीच २०७६ दुरसञ्चार पूर्वाधारका लागि आवश्यक वस्तु आयात गर्नका लागि एलसी खोल्नका लागि ऋण सम्झौता भएको थियो। त्यसबेला बैंक र स्मार्ट टेलिकमबीच पाँच अर्ब २० करोड २२ लाख रुपैयाँ बढी ऋण सम्झौता गरेको थियो। ऋण लिन स्मार्टले सुरक्षणको रूपमा आफ्नो सम्पूर्ण मेसिनरी तथा औजार धितो राखेको हुन्छ।

सोही सम्झौता अनुसार नेपाल इन्मेस्टमेन्टबाट स्मार्टले ऋण प्राप्त गरेको थियो। २०७० वैशाखमा आधारभूत टेलिफोन सेवा सञ्चालनका उसले इजाजत प्राप्त गरेको थियो।

कम्पनीले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐनअनुसार २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो। लाइसेन्स स्वतः खारेज भएपछि निक्षेपकर्ताको अर्बौं रुपैयाँ पैसा तिर्न कम्पनी असमर्थ भएको थियो।

प्रकाशित: २०८३ बैशाख ३० गते बुधबार ०३:३०
प्रतिक्रिया

थप समाचार

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे सहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...

प्रधानन्यायाधीश र न्यायाधीशको इनम ‘कनेक्सन’: सर्वोच्चको पूर्ण बैठकले के निर्णय गर्‍यो?

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूसहितको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुँयालमाथि...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना