काठमाडौँः सरकारले नेपाल विद्युत प्राधिकरणलाई तीन अलग संरचनामा पुनःसंरचना गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै विद्युत क्षेत्रलाई थप प्रभावकारी र व्यवस्थित बनाउन यस्तो योजना अघि सारिएको बताएका हुन्।
सरकारले उत्पादन, प्रसारण र वितरण प्रणालीलाई छुट्टाछुट्टै संरचनामा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
ऊर्जा क्षेत्रको संस्थागत सुधारमार्फत लगानी आकर्षित गर्ने तथा सेवा प्रवाहलाई थप प्रतिस्पर्धी र आधुनिक बनाउने सरकारको लक्ष्य रहेको बजेट वक्तव्यमा उल्लेख गरिएको छ।


