२०८३ कार्तिक २१ गते शुक्रबार

पूँजी बजार सुधारमुखी बजेटले नयाँ युगको सुरुवात गरेको छः अध्यक्ष सागर ढकाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १५
New Project – 2026-05-29T191159.835

काठमाडौँः नेपाल सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति नेपाल स्टक ब्रोकर एसोसिएसनले सकारात्मक प्रतिक्रिया जनाएको छ। पूँजी बजार सुधार, प्रविधिमैत्री कारोबार प्रणाली, गैरआवासीय नेपाली (एनआरएन) लगानी आकर्षण तथा आधुनिक वित्तीय उपकरणको सुरुवातसम्बन्धी घोषणालाई ब्रोकर समुदायले ऐतिहासिक र दूरदर्शी कदमका रूपमा मूल्यांकन गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का कार्यकारिणी समिति सदस्य तथा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बजेटले नेपालको पूँजी बजार सुधार र लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभएको छ।

उहाँले भन्नुभयो, “यस वर्षको बजेटले नेपालको पूँजी बजारलाई केवल शेयर कारोबारको माध्यमका रूपमा होइन, राष्ट्रिय अर्थतन्त्रको विकास साझेदारका रूपमा स्वीकार गरेको देखिन्छ। सरकारले पूँजी बजार सुधारलाई प्राथमिकतामा राख्दै आधुनिक वित्तीय उपकरण, लगानीकर्ता संरक्षण तथा बजार विस्तारलाई जोड दिनु अत्यन्त सकारात्मक विषय हो।”

बजेटमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना, इन्ट्राडे कारोबार, सर्ट सेलिङ तथा डेरिभेटिभ उपकरण चरणबद्ध रूपमा लागू गर्ने घोषणा गरिएको छ। अध्यक्ष ढकालले यी व्यवस्थाले नेपाली पूँजी बजारलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता अन्तर्राष्ट्रिय अभ्यासमा आधारित उपकरणको सुरुवातले बजारमा तरलता बढाउनुका साथै संस्थागत लगानी र बजारको प्रभावकारिता पनि वृद्धि गर्नेछ। यसले नेपाली पूँजी बजारलाई थप परिपक्व, विश्वसनीय र प्रतिस्पर्धी बनाउने अपेक्षा गरेका छौँ।”

त्यसैगरी, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने कानुनी व्यवस्था परिमार्जन गर्ने बजेटको घोषणा पनि अध्यक्ष ढकालले महत्वपूर्ण कदमका रूपमा स्वागत गर्नुभएको छ।

उहाँले भन्नुभयो, “विश्वभर रहेका नेपालीहरूको पूँजी, अनुभव र विश्वासलाई नेपालको पूँजी बजारमा आकर्षित गर्न सके बजारको आकार, गहिराइ र स्थायित्व उल्लेखनीय रूपमा बढ्नेछ। गैरआवासीय नेपालीको सहभागिताले दीर्घकालीन लगानी संस्कृतिलाई मजबुत बनाउनेछ।”

सूचीकृत कम्पनीको शेयर बिक्रीमा लाग्ने पूँजीगत लाभकरलाई अन्तिम कर बनाउने निर्णयले लगानीकर्तामा रहेको करसम्बन्धी अन्योल हट्ने उहाँको भनाइ छ। साथै, इनसाइडर ट्रेडिङ तथा शेयर कर्नरिङविरुद्ध सरकारले लिएको शून्य सहनशीलताको नीतिलाई पनि उहाँले स्वागत गर्नुभयो।

उहाँले भन्नुभयो, “बजारको विश्वसनीयता कायम राख्न पारदर्शिता, सुशासन र नियामकीय क्षमता अत्यन्त आवश्यक हुन्छ। सरकारले अनियमित गतिविधिविरुद्ध कडा नीति लिएको विषयले वास्तविक लगानीकर्तामा विश्वास अझ बढाउनेछ।”

अध्यक्ष ढकालले निजी क्षेत्र, सरकार र नियामक निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिँदै बजेट कार्यान्वयन नै मुख्य चुनौती हुने बताउनुभयो।

उहाँले भन्नुभयो, “अबको मुख्य आवश्यकता बजेट घोषणाको प्रभावकारी कार्यान्वयन हो। पूँजी बजार, बैंकिङ क्षेत्र, निजी क्षेत्र र सरकारबीच समन्वयात्मक सहकार्य भयो भने नेपालको अर्थतन्त्रलाई नयाँ गति दिन पूँजी बजारले निर्णायक भूमिका खेल्न सक्छ।”

स्टक ब्रोकर समुदायले बजेटले नेपालको पूँजी बजारलाई आधुनिक, डिजिटल, पारदर्शी तथा लगानीमैत्री दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: २०८३ जेठ १५ गते शुक्रबार ०७:१२
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना