काठमाडौं। एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ।
लन्च अवसरमा कम्पनीले विशेष छुटसमेत घोषणा गरेको छ। पहिलो ५० ग्राहकले यो गाडी ४९ लाख ९९ हजार रुपैयाँमा पाउनेछन् भने यसको आधिकारिक मूल्य ५१ लाख ५९ हजार रुपैयाँ तोकिएको छ। एक वर्षको निःशुल्क बीमा सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ।
नेपालमा पहिले नै एक हजार ५०० भन्दा बढी युनिट बिक्री भइसकेको ओमोडा ई फाइभको सफलतापछि नयाँ ई फाइभ प्रो अझ उन्नत प्रविधि, आधुनिक डिजाइन र प्रिमियम सुविधासहित आएको हो।
यस गाडीमा ५०.७ किलोवाट घण्टाको ब्याट्री, ९९ किलोवाट क्षमताको मोटर र २८८ न्यूटन मिटर टर्क रहेको छ। यसले करिब ३५० किलोमिटर दूरी (मापदण्ड अनुसार) पार गर्न सक्ने दाबी गरिएको छ। १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १८ इन्चका ह्वीलले नेपाली सडकका लागि उपयुक्त बनाएको कम्पनीको भनाइ छ।
डिजाइनका हिसाबले यो गाडी अत्याधुनिक र आकर्षक छ। भित्री भागमा आरामदायी सिट, सनरुफ, उच्च गुणस्तरका सामग्री र ठूलो टचस्क्रिन डिस्प्ले राखिएको छ।
सुरक्षाका लागि १९ भन्दा बढी स्मार्ट ड्राइभिङ सहयोग प्रणाली र ५४० डिग्री वरिपरि देख्न मिल्ने क्यामेरा प्रणाली जडान गरिएको छ।
कम्पनीका अनुसार यो गाडी अब नेपालभरका शोरूममा बुकिङका लागि उपलब्ध छ।


