२०८३ कार्तिक २३ गते आईतबार

आईपीओ भर्नु अघि हेर्नुहोस् यस्तो छ एभरेष्ट कलरको वित्तीय अवस्था

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २२
everest_color

काठमाडौँः एभरेष्ट कलर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्कासन गरेको हो। यसबाट कम्पनीले ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले जेठ २७ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख २ गते आईपीओ निष्कासनको अनुमति दिएको थियो।

कम्पनीले विगत १४ वर्षदेखि नेपाली बजारमा रङ तथा पेन्ट उत्पादन गर्दै आएको छ। पछिल्ला केही वर्षमा वित्तीय चुनौती सामना गरे पनि कम्पनीले आगामी वर्षदेखि नाफामुखी यात्रामा फर्किने प्रक्षेपण सार्वजनिक गरेको छ। विवरणपत्रअनुसार आर्थिक वर्ष २०८०/८१ सम्म कम्पनी २ करोड ९ लाख रुपैयाँ संचित नोक्सानीमा रहेको छ। तर, आर्थिक वर्ष २०८१/८२ मा भने २३ हजार २१७ रुपैयाँ नाफा आर्जन गरेको छ । त्यपछि चालु आर्थिक वर्षमा कम्पनीले १ करोड ४४ लाख रुपैयाँ नाफा आर्ज गर्ने प्रक्षेपन गरेको छ ।
त्यस्तै, आगामी आर्थिक वर्ष २०८३/८४ मा कम्पनीले ४ करोड रुपैया संचित नाफा कमाउने प्रक्षेपण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८४/८५ सम्म संचित नाफा ७ करोड ४४ लाख रुपैयाँ पु¥याउने लक्ष्य राखेको छ।

हाल कम्पनीको प्रतिशेयर नेटवर्थ ११३.९७ रुपैयाँ रहेको छ। आगामी वर्षहरूमा यो क्रमशः बढ्ने अनुमान गरिएको छ। त्यस्तै, आगामी आर्थिक वर्षका लागि प्रतिशेयर आम्दानी (ईपीएस) ९.६० रुपैयाँ रहने प्रक्षेपण गरिएको छ।

आईपीओबाट संकलन हुने ७ करोड ९० लाख रुपैयाँ कम्पनीले विस्तार योजनामा खर्च गर्ने जनाएको छ। कम्पनीका अनुसार नयाँ जग्गा तथा भवन खरिदमा ३ करोड १५ लाख रुपैयाँ, मेसिनरी विस्तारमा ६० लाख रुपैयाँ तथा ढुवानीका साधन खरिदमा १ करोड ५७ लाख रुपैयाँ खर्च गरिनेछ। बाँकी रकम कच्चा पदार्थ खरिद र बजार विस्तारमा प्रयोग गरिने योजना रहेको छ।

कम्पनीले आफ्नो वित्तीय प्रक्षेपणका आधारमा लगानी गरेको रकम पाँच वर्षभित्र फिर्ता हुने अनुमान गरेको छ। कम्पनीका अनुसार प्रोजेक्ट इन्टरनल रेट अफ रिटर्न (आईआरआर) ३४.८७ प्रतिशत रहेको छ भने १० प्रतिशत डिस्काउन्ट रेटमा आधारित नेट प्रिजेन्ट भ्यालु २८ करोड ११ लाख ७९ हजार ४४३ रुपैयाँ पुगेको छ।

एभरेष्ट कलरले आर्थिक वर्ष २०८२/८३ मा १ करोड ७६ लाख २२ हजार रुपैयाँभन्दा बढी खुद नाफा गर्ने प्रक्षेपण गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ मा २ करोड ५७ लाख ८८ हजार रुपैयाँ र आर्थिक वर्ष २०८४/८५ मा ३ करोड ४७ लाख ८२ हजार रुपैयाँ खुद नाफा हुने अनुमान सार्वजनिक गरेको छ। कम्पनीले उत्पादन क्षमता विस्तार, आधुनिक प्रविधिको प्रयोग, नयाँ प्रकारका रङ उत्पादन तथा देशभर बिक्री सञ्जाल विस्तारमार्फत नाफा वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।

कम्पनीको क्रेडिट रेटिङ केयर रेटिङ नेपाल ले “केयर–एनपी बीबी (आईएस)” प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीमा मध्यम स्तरको वित्तीय जोखिम रहेको संकेत गर्छ। हाल कम्पनीले नेपालको रङ बजारमा करिब १ देखि १.५ प्रतिशत हिस्सा ओगटेको जनाएको छ।

कम्पनीले आगामी पाँच वर्षभित्र उद्योगको क्षमता विस्तार गर्ने, नयाँ प्रविधि भित्र्याउने तथा नेपाली रङ उद्योगमा अग्रणी स्थान हासिल गर्ने लक्ष्य राखेको छ। हाल कम्पनीले ६० भन्दा बढी प्रकारका रङ तथा पेन्ट उत्पादन गर्दै आएको छ।

कम्पनीमा अनुभवी उद्यमी तथा लगानीकर्ताको संलग्नता रहेको छ। प्रमुख सेयरधनीहरूमा रामप्रसाद सापकोटा, रोजिना श्रेष्ठ, सरोज लुइटेल, राजन श्रेष्ठ, सोहन चौधरी र महेश्वर खनाल रहेका छन्। कम्पनीका प्रबन्ध निर्देशक सरोज लुइटेलसँग रङ उद्योगमा करिब २४ वर्षको अनुभव रहेको छ भने अध्यक्ष महेश्वर खनालसँग व्यापार क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको बताइएको छ।

कम्पनीको वित्तीय विवरणले एभरेष्ट कलर बिस्तारै संचित नोक्सानी घटाउँदै नाफातर्फ अग्रसर भएको संकेत गरेको छ। आईपीओबाट उठ्ने रकम उत्पादन क्षमता विस्तार र बजार विस्तारमा प्रयोग हुने भएकाले दीर्घकालीन रूपमा कम्पनीको वृद्धि सम्भावना देखिएको छ। यद्यपि, लगानीकर्ताले कम्पनीको क्रेडिट रेटिङ, संचित नोक्सानी तथा बजार प्रतिस्पर्धालाई ध्यानमा राखेर लगानी निर्णय लिनुपर्ने देखिन्छ।

प्रकाशित: २०८३ जेठ २२ गते शुक्रबार १०:२४
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना