२०८३ जेठ २३ गते शनिवार

कर चुहावट आशंकामा नियन्त्रणमा लिइएका इभीबारे छानबिन गर्न सरकारी टोली फिल्डमा खटियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २२
photo_e37b9c46

काठमाडौँ: बजेटअघि नै करको दरसम्बन्धी सूचना चुहिएर विद्युतीय सवारीसाधन (इभी) आयात गरिएको आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ७७४ वटा इभीबारे सत्यतथ्य छानबिन गर्न गठित सरकारी टोली फिल्डमा खटिएको छ।

यो प्रकरणको गम्भीरतालाई ध्यानमा राख्दै अर्थ मन्त्रालयले उपसचिव भूपालराज शाक्यको नेतृत्वमा बिहीबार उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार समितिका प्रतिनिधिहरू पोखरा र जोमसोम हुँदै घटनास्थलतर्फ गएका छन्। बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक खण्डमा जाँच अभियान सञ्चालन गरी सशस्त्र प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको थियो।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले नियन्त्रणमा लिइएका ७७४ वटा सवारीसाधनमध्ये अधिकांश बीवाईडी ब्रान्डका रहेको जानकारी दिएका छन्। उनका अनुसार तीमध्ये धेरै सवारीसाधन नम्बर प्लेटविहीन अवस्थामा विभिन्न जिल्लातर्फ लैजाँदै गरिएको बेला फेला परेका थिए। प्रहरीले बजेटमार्फत करको दर परिवर्तन हुने सूचना पूर्वजानकारीका आधारमा आयात बढाइएको हुन सक्ने आशंकामा थप अनुसन्धानका लागि सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ। छानबिनबाट भन्सार प्रक्रिया, कर निर्धारण तथा बजेटअघिको आयात गतिविधिमा कुनै अनियमितता भएको पुष्टि भए सम्बन्धित व्यक्ति तथा निकायमाथि कानुनी कारबाही अघि बढाइने प्रहरीको भनाइ छ।

यता, बीवाईडी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले भने नियन्त्रणमा लिइएका सबै सवारीसाधन बीवाईडीका नभएको स्पष्ट पारेको छ। कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा नियन्त्रणमा रहेका सवारीसाधनमध्ये ६४९ मात्र बीवाईडी ब्रान्डका रहेको दाबी गरेको छ।

साइमेक्सले प्रचलित कानुन, भन्सार ऐन तथा सम्बन्धित नियमावलीको पूर्ण पालना गर्दै सवारीसाधन आयात गरिएको जनाएको छ। कम्पनीले कुनै पनि चरणमा विशेष सुविधा वा अनधिकृत लाभ नलिएको उल्लेख गर्दै आफूहरू छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको बताएको छ।

कर दर परिवर्तनसम्बन्धी सूचना चुहावट भएको हो वा होइन भन्ने विषयमा सरकारी छानबिन टोलीले अध्ययन थालेसँगै यो प्रकरणले व्यापक चासोको विषय बनेको छ। छानबिन प्रतिवेदनपछि मात्रै आयात प्रक्रिया, कर व्यवस्थापन तथा सम्भावित अनियमितताबारे यथार्थ विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ जेठ २२ गते शुक्रबार ११:१०
प्रतिक्रिया

थप समाचार

७७४ बीवाईडी ईभी नियन्त्रणपछि साइमेक्सको स्पष्टीकरण– ‘सबै आयात कानुनी प्रक्रिया अनुसार’

काठमाडौँ: नेपालमा बीवाईडी विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इंकले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका विद्युतीय सवारीसाधन सम्बन्धमा उठेका विभिन्न...

भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ। मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको...

६० लाखमा पाइने ईभीको मूल्य करोड नाघ्ने, कस्ता बिजुली गाडीको मूल्य कति बढ्यो?

४१ लाख रुपैयाँ सीआइएफ मूल्य भएको गाडीको अन्तिम बजार मूल्यमा करिब ३५ लाख रुपैयाँसम्म वृद्धि हुन सक्ने अनुमान छ।४९ लाख रुपैयाँ सीआइएफ मूल्य भएको सवारीको बजार मूल्य करिब ४५ लाख रुपैयाँसम्म बढ्न...

नाडा अटो शो भदौ ९ देखि १४ सम्म, स्टल बुकिङ खुल्ला

काठमाडौँ: नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले १८औँ संस्करण  ‘नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। प्रदर्शनी आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा सवारीसाधन, पार्टपूर्जा,...

वीरगञ्ज हुँदै ४ अर्ब २ करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज: चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधन आयात भएका छन्। गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय...
diwakar_poudel
आर्थिक नीति

मध्यपूर्वमा युद्धको राप र रेमिट्यान्सको भविष्य

मध्यपूर्वमा चुलिएको द्वन्द्वले त्यहाँ पसिना बगाइरहेका लाखौँ नेपालीको सुरक्षामा मात्रै प्रश्न उठाएको छैन, देशको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्समा समेत अनिश्चितताको बादल मडारिदिएको...
narayan_adhikari_poto
बैंकिङ

सस्तो पैसाको मूल्यः घरजग्गामा फसेको लगानी र बैंकिङ भविष्य

बैंकहरूको एनपीएल औसतमा ४–५ प्रतिशत पुग्नु भनेको वित्तीय प्रणालीका लागि चेतावनीको घण्टी मात्र होइन, यो शुद्धीकरणको अनिवार्य अवसर पनि हो । अब लालपुर्जा हेरेर होइन, व्यवसायको वास्तविक नगद प्रवाह...
pradhan
समाज

व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको सहयोगमा बनेपामा वातावरणमैत्री शवदाह गृहको सञ्चालन

काठमाडौं। व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले बनेपमा सवदाह गृह निर्माण गरेका छन्। बनेपा नगरपालिकामा निर्माण गरिएको ‘रोटरी वातावरणमैत्री शवदाह गृह’ एक विशेष समारोहबीच हस्तान्तरण गरिएको छ।...
manang_marsyangdi
पूर्वाधार

राष्ट्रिय ग्रिडसँग जोडिँदै मनाङ, ३३ अर्ब ३८ करोडमा बन्दै मनाङ-मर्स्याङ्दी जलविद्युत्‌ आयोजना

आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७९ पुस ३ गते सम्झौता भएको थियो। आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार ८७५...
atharv
उद्योग

८३ करोड लगानीमा रौतहटमा अथर्व टेक्सटाइल सञ्चालनमा आउँदै, असारदेखि कपडा उत्पादन थाल्ने

रौतहटको हर्सहामा कारखाना रहेको छ। उद्योगको कपडा उत्पादन क्षमता वार्षिक तीन हजार ६०० टन हुनेछ। अथर्वले बुनाई, रंगाई र प्रशोधन एकाइ स्थापना गर्दैछ। जसमा कपडा उत्पादन गर्ने योजना छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना