२०८३ जेठ २३ गते शनिवार

मौद्रिक नीति निर्माणको तयारीमा राष्ट्र बैंक, असार ५ भित्र सुझाव दिन आग्रह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २२
nrb_head

काठमाडौँः आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति निर्माणको तयारीमा नेपाल राष्ट्र बैंक जुटेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिलाई थप प्रभावकारी, व्यावहारिक र अर्थतन्त्रको आवश्यकताअनुकूल बनाउन विभिन्न सरोकारवाला पक्षसँग राय तथा सुझाव माग गरेको छ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै बैंक तथा वित्तीय क्षेत्र, निजी क्षेत्र, अर्थविद्, व्यवसायी, पेशाकर्मी तथा सर्वसाधारणलाई मौद्रिक नीतिसम्बन्धी सुझाव उपलब्ध गराउन आग्रह गरेको हो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार प्रत्येक वर्ष आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमा गरिने व्यवस्था छ। सोही व्यवस्थाअनुरूप आगामी वर्षको नीति निर्माण प्रक्रिया अघि बढाइएको राष्ट्र बैंकले जनाएको छ।

इच्छुक व्यक्ति तथा संस्थाले आफ्ना सुझावहरू असार ५ गतेभित्र राष्ट्र बैंकमा पठाइसक्नुपर्नेछ।

सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका आर्थिक तथा वित्तीय लक्ष्यहरूलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले प्रत्येक वर्ष साउन महिनाको पहिलो वा दोस्रो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने गरेको छ।

यस वर्ष पनि निर्धारित समयमै मौद्रिक नीति ल्याउने तयारीस्वरूप राष्ट्र बैंकले सुझाव संकलन प्रक्रिया अगाडि बढाएको हो। प्राप्त सुझावहरूलाई अध्ययन गरी आवश्यक विषयहरू मौद्रिक नीतिमा समेटिने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ जेठ २२ गते शुक्रबार ०३:०२
प्रतिक्रिया

थप समाचार

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब, ऊर्जा तथा उत्पादनमूलक क्षेत्रमा लगानीको दायरा बढाउँदै

काठमाडौं। जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका...

भारुमा दबाबबीच आरबीआईले ब्याजदर यथावत् राख्यो

मुम्बई,एएफपी। मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीति र भारतीय रुपैयाँमा थप दबाब पर्ने जोखिम देखिए पनि भारतको केन्द्रीय बैंकले शुक्रबार ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ। भारतीय...

सस्तो पैसाको मूल्यः घरजग्गामा फसेको लगानी र बैंकिङ भविष्य

बैंकहरूको एनपीएल औसतमा ४–५ प्रतिशत पुग्नु भनेको वित्तीय प्रणालीका लागि चेतावनीको घण्टी मात्र होइन, यो शुद्धीकरणको अनिवार्य अवसर पनि हो । अब लालपुर्जा हेरेर होइन, व्यवसायको वास्तविक नगद प्रवाह...

राष्ट्र बैंकको कारबाही नै अयोग्यताको आधार बन्न सक्ने, सर्वोच्चको व्याख्यापछि बैंकिङ क्षेत्रमा तरंग

अदालतले नेपाल राष्ट्र बैंकबाट कानुन उल्लंघन गरेको भन्दै कारबाहीमा परेका व्यक्तिहरूको हकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा रहेको अयोग्यताको व्यवस्था कार्यान्वयन गर्न निर्देशन...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा लिन सक्ने

काठमाडौँः सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब खाताको मौज्दात (ब्यालेन्स) हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, रकम स्थानान्तरण (फण्ड ट्रान्सफर) गर्न, ईएमआई भुक्तानी गर्न...
diwakar_poudel
आर्थिक नीति

मध्यपूर्वमा युद्धको राप र रेमिट्यान्सको भविष्य

मध्यपूर्वमा चुलिएको द्वन्द्वले त्यहाँ पसिना बगाइरहेका लाखौँ नेपालीको सुरक्षामा मात्रै प्रश्न उठाएको छैन, देशको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्समा समेत अनिश्चितताको बादल मडारिदिएको...
narayan_adhikari_poto
बैंकिङ

सस्तो पैसाको मूल्यः घरजग्गामा फसेको लगानी र बैंकिङ भविष्य

बैंकहरूको एनपीएल औसतमा ४–५ प्रतिशत पुग्नु भनेको वित्तीय प्रणालीका लागि चेतावनीको घण्टी मात्र होइन, यो शुद्धीकरणको अनिवार्य अवसर पनि हो । अब लालपुर्जा हेरेर होइन, व्यवसायको वास्तविक नगद प्रवाह...
pradhan
समाज

व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको सहयोगमा बनेपामा वातावरणमैत्री शवदाह गृहको सञ्चालन

काठमाडौं। व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले बनेपमा सवदाह गृह निर्माण गरेका छन्। बनेपा नगरपालिकामा निर्माण गरिएको ‘रोटरी वातावरणमैत्री शवदाह गृह’ एक विशेष समारोहबीच हस्तान्तरण गरिएको छ।...
manang_marsyangdi
पूर्वाधार

राष्ट्रिय ग्रिडसँग जोडिँदै मनाङ, ३३ अर्ब ३८ करोडमा बन्दै मनाङ-मर्स्याङ्दी जलविद्युत्‌ आयोजना

आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७९ पुस ३ गते सम्झौता भएको थियो। आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार ८७५...
atharv
उद्योग

८३ करोड लगानीमा रौतहटमा अथर्व टेक्सटाइल सञ्चालनमा आउँदै, असारदेखि कपडा उत्पादन थाल्ने

रौतहटको हर्सहामा कारखाना रहेको छ। उद्योगको कपडा उत्पादन क्षमता वार्षिक तीन हजार ६०० टन हुनेछ। अथर्वले बुनाई, रंगाई र प्रशोधन एकाइ स्थापना गर्दैछ। जसमा कपडा उत्पादन गर्ने योजना छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना