२०८३ कार्तिक २० गते बिहिबार

मुग्लिन–मलेखु सडकमा कालोपत्रको तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २
muglin-pokhara_road
फाइल तस्बिर

चितवन। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ। अलकत्राको अभावमा रोकीएको काम पुनः गर्न लागिएको हो। यसअघि १३ किलोमिटर सडक कालोपत्र भइसकेको छ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हुग्दीदेखि जवाङ खोलासम्म कालोपत्रेको तयारी सुरु गरिएको छ।

उनले भने, “३० टन अलकत्रा आइसकेको छ। यही ५ गतेबाट कालोपत्रेको काम सुरु हुन्छ।” तत्काल सो ठाउँमा ७०० मिटर सडक कालोपत्र गरिने छ भने असार महिनामा तीन किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ।

सो खण्डमा रहेका छ वटा पुलमध्ये चार वटाको काम अन्तिम चरणमा पुगेको छ। वारवाङ, मौवा, खटौटी र गोमती खोलाको पुलको काम थोरै मात्र बाँकी छ। ती पुलको सडकसँग जोड्ने बाटो कालोपत्रलगायतका काम बाँकी छ।

सडक निर्माणको काम ४३ प्रतिशत सम्पन्न भएको छ। सो खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ। शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो।

सडक विश्व बैंकको सहयोगमा बनाउन थालिएको हो। काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ। गएको डिसेम्बर २८ मा निर्माणको म्याद सकिएपछि १८३ दिन थप गरिएको छ।

प्रकाशित: २०८३ असार २ गते मङ्गलबार ०२:००
प्रतिक्रिया

थप समाचार

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...

अपि पावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँः अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ: गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि...

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

ब्रम्हपुत्रमा बन्दै गरेको विश्वकै ठूलो जलविद्युत बाँधले बाढीको जोखिम बढ्ने वैज्ञानिकको चेतावनी

अनुसन्धान टोलीले भनेको छ ‘यी नतिजाहरूले ब्रम्हपुत्र नदीमा हुने जलवायुसम्बन्धी परिवर्तनशीलताको दीर्घकालीन परिवर्तन प्रदान गर्छ। भविष्यमा जलस्रोतसँग सम्बन्धित जोखिमहरूको मूल्यांकन गर्न...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना