२०८३ कार्तिक २२ गते शनिवार

लाइसेन्सबिना सवारी चलाए १५ हजार, मापसे गरे ५० हजार जरिवाना!

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ११
traffic

काठमाडौँ: सरकारले ट्राफिक उल्लंघन लाग्ने जरिवाना उल्लेख्य रूपमा बढाउने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात व्यवस्था विधेयक’ को मस्यौदामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालक तथा सवारीधनीलाई हालको भन्दा कडा दण्डको व्यवस्था गरिएको हो।

प्रस्तावित व्यवस्थाअनुसार लाइसेन्सबिनै सवारी चलाउनेलाई १५ हजार रुपैयाँ, सडकमा ट्राफिक संकेत हटाए वा बिगारेमा ५ हजार रुपैयाँ, मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउनेलाई २५ हजार रुपैयाँ तथा मादक पदार्थ सेवन गरी ठूला सवारी चलाउनेलाई ५० हजार रुपैयाँ जरिवाना लगाइनेछ।

यस्तै, ओभर स्पिडमा दुईपाङ्ग्रे सवारी चलाउनेलाई २५ हजार रुपैयाँ, मोटर–कार तथा ठूला सवारी ओभर स्पिडमा चलाउनेलाई ५० हजार रुपैयाँ, लेन अनुशासन पालना नगरी सवारी चलाउनेलाई १० हजार रुपैयाँ र सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने चालकलाई १० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ।

मस्यौदामा ट्राफिक संकेत पालना नगर्ने चालकलाई ५ हजार रुपैयाँ, निर्धारित क्षमताभन्दा बढी यात्रु बोक्नेलाई ५ सय रुपैयाँ, अव्यवस्थित ढंगले सवारी चलाउनेलाई ५ हजार रुपैयाँ तथा कागजात साथमा नराखी सवारी चलाउनेलाई १ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

पूर्वाधार विकास मन्त्रालयले तयार पारेको मस्यौदा हाल सहमतिका लागि कानुन मन्त्रालयमा पठाएको छ। कानुन मन्त्रालयको सहमति प्राप्त भएपछि प्रस्ताव मन्त्रिपरिषद्‌मा जानेछ। मन्त्रिपरिषद्‌बाट स्वीकृत भएपछि विधेयक संघीय संसदमा दर्ता हुनेछ।

कुनै पनि विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कानुन बन्छ। त्यसपछि नेपाल राजपत्रमा प्रकाशित भएपछि मात्रै उक्त व्यवस्था कार्यान्वयनमा आउनेछ।

प्रकाशित: २०८३ असार ११ गते बिहिबार १२:५३
प्रतिक्रिया

थप समाचार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना