२०८३ कार्तिक २६ गते बुधबार

भुटान भ्रमणअघि नै मौद्रिक नीति ल्याउने तयारीमा गभर्नर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २३
Governor_poudel

काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मंगलबार सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। परम्परागत रूपमा साउनको पहिलो वा दोस्रो सातामा आउने मौद्रिक नीति यस वर्ष पनि असारमै ल्याउने तयारी गरिएको हो।

यसअघि पनि गभर्नर प्राडा विश्वनाथ पौडेलको नेतृत्वमा गत वर्ष २७ असारमै मौद्रिक नीति सार्वजनिक गरिएको थियो। यसपालि पनि उनी भुटान भ्रमणमा निस्किनुअघि नै नीति सार्वजनिक गर्ने तयारीमा रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ।

गभर्नर पौडेल असार २४ गते भुटानमा आयोजना हुने सार्क सदस्य राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरूको उच्चस्तरीय बैठकमा सहभागी हुन प्रस्थान गर्ने कार्यक्रम छ। उनको अनुपस्थितिमा कायममुकायम गभर्नरमार्फत मौद्रिक नीति सार्वजनिक गर्नु उपयुक्त नहुने निष्कर्षका आधारमा भ्रमणअघि नै नीति ल्याउने निर्णय भएको बताइएको छ।

पूर्वगभर्नर महाप्रसाद अधिकारीको कार्यकालमा भने मौद्रिक नीति क्रमशः आर्थिक वर्ष २०७९/०८० मा साउन ६ गते, २०८०/०८१ मा साउन ७ गते र २०८१/०८२ मा साउन ११ गते सार्वजनिक गरिएको थियो।

राष्ट्र बैंकले नयाँ आर्थिक वर्ष सुरु हुने साउन १ गतेदेखि नै मौद्रिक नीति कार्यान्वयनमा लैजाने लक्ष्य पनि राखेको छ। विगतमा नीति ढिलो आउँदा बैंक तथा वित्तीय संस्थाहरूले नयाँ आर्थिक वर्षका लागि व्यावसायिक योजना बनाउन समय लाग्ने गरेको थियो। यसपटक भने आर्थिक वर्षको सुरुदेखि नै बैंकिङ प्रणालीले नयाँ नीतिगत व्यवस्था, मौद्रिक औजार र ब्याजदर करिडोरअनुसार काम गर्न सक्ने अपेक्षा गरिएको छ।

अहिले बैंकिङ क्षेत्रमा पर्याप्त तरलता भए पनि कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न सकेको छैन। बजारमा माग कमजोर छ भने निष्क्रिय कर्जा (एनपीएल) पनि बढ्दो क्रममा छ। सरकारले चालु आर्थिक वर्षका लागि राखेको सात प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न निजी क्षेत्रको मनोबल बढाउने र आर्थिक गतिविधिमा गति ल्याउने दबाब राष्ट्र बैंकमाथि रहेको छ। यही कारण नीति सार्वजनिक गर्न ढिलाइ नगरी समयमै बजारलाई स्पष्ट सन्देश दिन खोजिएको अधिकारीहरूको भनाइ छ।

हाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक नीतिको मस्यौदा तयार गरिसकेको छ। व्यवस्थापन समिति र सञ्चालक समितिको प्रक्रिया पूरा भएपछि बोर्डबाट स्वीकृति लिएर गभर्नर पौडेलले भुटान प्रस्थान गर्नुअघि नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ।

प्रकाशित: २०८३ असार २३ गते मङ्गलबार ११:३९
प्रतिक्रिया

थप समाचार

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना