काठमाडौँ: रूरू जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा ८ करोड रुपैयाँ बराबरको लगानी गर्ने निर्णय गरेको छ।
कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले अन्य जलविद्युत कम्पनीहरूमा रणनीतिक लगानी गर्ने योजनाअन्तर्गत पहिलो चरणमा म्याग्दी हाइड्रोपावरमा लगानी गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार रू रू जलविद्युतले म्याग्दी हाइड्रोपावरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर खरिद गर्नेछ। यसका लागि कम्पनीले कुल ८ करोड रुपैयाँ लगानी गर्ने भएको हो।
कम्पनीले जलविद्युत क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने रणनीतिअनुसार उक्त निर्णय गरिएको जनाएको छ।
