२०८३ कार्तिक २२ गते शनिवार

अटो शो: स्टल भाडाबाटै ७ करोड भन्दा बढी आम्दानी, ३० अर्ब बढीको कारोबार लक्ष्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २८
nada_autoShow (20)

काठमाडौँ: आगामी साउन र भदौमा आयोजना हुन लागेका दुई प्रमुख अटो प्रदर्शनीबाट आयोजक संस्थाहरूले स्टल भाडामात्रैबाट ७ करोड रुपैयाँभन्दा बढी रकम संकलन गर्ने भएका छन्। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले प्रदर्शनीका लागि स्टल शुल्क बढाउँदै यसपटक उल्लेख्य आम्दानी गर्ने तयारी गरेका हुन्।

नाइमाले आयोजना गर्ने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा कुल ५० वटा स्टल रहनेछन्। यसका लागि स्टलको आकार र स्थानअनुसार न्यूनतम २ लाख ५९ हजार २०० रुपैयाँदेखि अधिकतम १८ लाख ५६ हजार ४०० रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ। गत वर्षको तुलनामा सबैभन्दा महँगो स्टलको मूल्य करिब सवा ४ लाख रुपैयाँले बढाइएको छ।

सबैभन्दा बढी शुल्क एल–२ र आर–२ स्टलका लागि तय गरिएको छ, जहाँ प्रत्येक स्टलको भाडा १८ लाख ५६ हजार ४०० रुपैयाँ पर्नेछ। एल–१ र आर–१ स्टलको शुल्क १७ लाख १३ हजार ६०० रुपैयाँ कायम गरिएको छ। त्यसैगरी एल–४ र आर–४ स्टलको भाडा १४ लाख १९ हजार ६०० रुपैयाँ तथा एल–५, एल–६, आर–५ र आर–६ स्टलको शुल्क ९ लाख ८२ हजार ८०० रुपैयाँ तोकिएको छ।

अन्य विभिन्न श्रेणीका स्टलहरूका लागि पनि स्थानअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ। ए, सी, डी, एच, ओ तथा आर समूहका स्टलको मूल्य करिब अढाइ लाख रुपैयाँदेखि ८ लाख रुपैयाँसम्म राखिएको छ।

यी सबै स्टलबाट नाइमाले करिब ३ करोड ९ लाख ७६ हजार २०० रुपैयाँ भाडा आम्दानी गर्ने लक्ष्य राखेको छ।

यस्तै, नाडाले आयोजना गर्ने अटो शोका लागि पनि स्टल शुल्क आकर्षक रूपमा निर्धारण गरेको छ। ‘ए प्लस’ श्रेणीका चारवटा स्टलका लागि प्रतिस्टल १५ लाख ७३ हजार रुपैयाँ तोकिएको छ। यसबाट मात्रै ६२ लाख ९३ हजार रुपैयाँ संकलन हुनेछ।

ए र बी श्रेणीका ६ वटा स्टलको शुल्क प्रतिस्टल १४ लाख ४५ हजार रुपैयाँ निर्धारण गरिएको छ भने सी र एफ समूहका स्टलका लागि ७ लाख ८१ हजार रुपैयाँ तोकिएको छ। एच तथा एचएच श्रेणीका स्टलको मूल्य १० लाख ८२ हजार रुपैयाँ रहेको छ भने जी तथा जीजी स्टलका लागि ९ लाख ८ हजार रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, जे र ट्वू  समूहका २० वटा स्टलको शुल्क प्रतिस्टल ३ लाख ८७ हजार रुपैयाँ राखिएको छ। साना स्टलतर्फ एल, केके, डी एण्ड ई तथा के समूहका स्टलको भाडा ५४ हजार रुपैयाँदेखि १ लाख ६३ हजार रुपैयाँसम्म कायम गरिएको छ।

नाडाले यस वर्ष स्टल भाडाबाट मात्रै करिब ३ करोड ९२ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ।

दुवै संस्थाको आम्दानी जोड्दा स्टल भाडाबाट मात्रै ७ करोड १ लाख ७६ हजार रुपैयाँभन्दा बढी रकम उठ्ने देखिएको छ।

आयोजकहरूको अनुमानअनुसार यी दुई अटो प्रदर्शनीमार्फत करिब ३० अर्ब रुपैयाँ बराबरको सवारीसाधन कारोबार हुन सक्छ।

प्रकाशित: २०८३ असार २८ गते आईतबार ०३:४३
प्रतिक्रिया

थप समाचार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना