२०८३ साउन ११ गते सोमबार

डेपुटी गभर्नरको नेतृत्वमा खुला बजार कारोबार समिति, राष्ट्र बैंकले ल्यायो सीमासहितको नयाँ व्यवस्था

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ३१
nrb2

काठमाडौँः नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई थप प्रभावकारी र व्यवस्थित बनाउन डेपुटी गभर्नरको नेतृत्वमा ‘खुला बजार कारोबार सञ्चालन समिति’ गठन गर्ने व्यवस्था गरेको छ। यसका लागि राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७८’ मा छैटौं संशोधन गर्दै नयाँ व्यवस्था तत्काल लागू गरेको हो।

संशोधित विनियमावलीअनुसार समितिको अध्यक्ष डेपुटी गभर्नर रहनेछन्। मौद्रिक व्यवस्थापन विभाग र आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक सदस्य रहने व्यवस्था गरिएको छ भने अर्थ मन्त्रालयका प्रथम श्रेणीका प्रतिनिधिलाई पनि समितिमा समावेश गरिनेछ। मौद्रिक व्यवस्थापन विभागका निर्देशकले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन्।

राष्ट्र बैंकका अनुसार समिति कम्तीमा सातामा एक पटक बस्नुपर्नेछ। मौद्रिक नीति सार्वजनिक भएपछि त्यसमा उल्लेख गरिएका लक्ष्य र उद्देश्यअनुसार खुला बजार कारोबार सञ्चालन गर्ने, आवश्यक मौद्रिक उपकरण छनोट गर्ने तथा कारोबारको अवधि निर्धारण गर्ने जिम्मेवारी यही समितिलाई दिइएको छ।

नयाँ व्यवस्थाअनुसार वित्तीय प्रणालीमा अल्पकालीन तरलता व्यवस्थापनका लागि रिपो, रिभर्स रिपो तथा निक्षेप संकलन बोलकबोल १४ दिनसम्म सञ्चालन गर्न सकिनेछ। यदि दुई साताभन्दा बढी समय तरलताको असन्तुलन देखिएमा राष्ट्र बैंकले दीर्घकालीन रिपो, रिभर्स रिपो, निक्षेप संकलन तथा राष्ट्र बैंक ऋणपत्र जारी गर्ने जस्ता संरचनात्मक खुला बजार कारोबार सञ्चालन गर्न सक्नेछ।

संशोधनले दैनिक कारोबारको सीमा पनि निर्धारण गरेको छ। विभागीय निर्णयबाट रिपोतर्फ बक्यौता रकम ४५ अर्ब रुपैयाँसम्म र रिभर्स रिपो तथा निक्षेप संकलनतर्फ संयुक्त रूपमा ४५ अर्ब रुपैयाँसम्म कारोबार गर्न सकिनेछ। दैनिक कारोबार भने अधिकतम १५ अर्ब रुपैयाँमा सीमित रहने व्यवस्था गरिएको छ।

यसैगरी, बजारमा ब्याजदरको अत्यधिक उतारचढाव नियन्त्रण गर्न ब्याजदर करिडोरअन्तर्गत स्थायी तरलता सुविधा, ओभरनाइट रिपो र स्थायी निक्षेप सुविधा जस्ता मौद्रिक उपकरण प्रयोग गरिने राष्ट्र बैंकले जनाएको छ।

खुला बजार कारोबारमा सहभागी हुन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले न्यूनतम तोकिएको पूँजीकोष अनुपातको कम्तीमा ५० प्रतिशत कायम गरेको हुनुपर्नेछ। साथै, राष्ट्र बैंकबाट समस्याग्रस्त संस्थाका रूपमा कारबाहीमा नपरेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ।

राष्ट्र बैंकले नयाँ विनियमावलीले मौद्रिक नीतिको कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै वित्तीय प्रणालीमा तरलता व्यवस्थापन र ब्याजदर स्थायित्व कायम गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।

प्रकाशित: २०८३ असार ३१ गते बुधबार ०६:२६
प्रतिक्रिया

थप समाचार

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ३ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित खुलामुखी सामूहिक लगानी कोष योजना ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले इकाईधनीलाई ३ प्रतिशत नगद लाभांश वितरण गर्ने...

यस्तो हुनेछ चुच्चे नक्सासहितको एक रूपैयाँको सिक्का

काठमाडौँ: सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दै त्यसमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएको नयाँ डिजाइन...

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा...

तीन प्रतिष्ठित अवार्ड पाएपछि नबिल बैंकको प्रतिक्रियाः ‘यो विश्वासको परिणाम हो’

काठमाडौँः नबिल बैंक लिमिटेड विश्वस्तरका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंक युरोमनी अवाड्र्स फर एक्सिलेन्स अन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना