२०८३ साउन ११ गते सोमबार

यस्तो हुनेछ चुच्चे नक्सासहितको एक रूपैयाँको सिक्का

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १०
photo_c77ac1bd

काठमाडौँ: सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दै त्यसमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएको नयाँ डिजाइन कार्यान्वयनका लागि अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगेको छ।

यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङस्थित घार गुम्बाको तस्वीर समेटिएको डिजाइन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको थियो। तर मन्त्रिपरिषद्ले उक्त प्रस्ताव फिर्ता गर्दै परिमार्जित डिजाइन तयार गर्न निर्देशन दिएपछि नयाँ डिजाइनमा आकाश भैरवको चित्र समावेश गरिएको हो।

नेपाल राष्ट्र बैंक ऐनअनुसार कुनै पनि नोट वा सिक्काको नयाँ डिजाइन वा डिजाइन परिवर्तन मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्ने व्यवस्था छ। नयाँ सिक्कामा नेपालको चुच्चे नक्सा यथावत् राखिनेछ। साथै सिक्काको आकार र तौलमा समेत परिवर्तन गरिने भएको छ।

हाल प्रचलनमा रहेको एक रुपैयाँको सिक्का उत्पादन गर्दा यसको निर्माण लागत अंकित मूल्यभन्दा बढी पर्ने भएकाले उत्पादन खर्च घटाउने उद्देश्यले नयाँ सिक्कामा मिश्रित धातुको सट्टा स्टिल प्रयोग गर्ने तयारी गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ। स्टिलको प्रयोगले उत्पादन लागत घट्नुका साथै वातावरणीय दृष्टिले पनि उपयुक्त र दीर्घकालीन रूपमा लाभदायी हुने अपेक्षा गरिएको छ।

यसअघि पनि सिक्काको तौल घटाउने प्रयास भएको थियो। नयाँ डिजाइनमा तौल र आकार दुवै परिमार्जन गरी सिक्का उत्पादनलाई थप लागत–प्रभावकारी बनाइने भएको छ।

सांस्कृतिक पक्षलाई निरन्तरता दिँदै नयाँ सिक्कामा परम्परागत रूपमा रहने ६४ वटा थोप्ला यथावत् राखिनेछन्। यी थोप्लालाई ६४ योगिनीको प्रतीकका रूपमा लिइन्छ। राष्ट्र बैंकका अनुसार सिक्कामा समावेश गरिने चित्र तथा चिन्हहरूले नेपालको इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई प्रतिबिम्बित गर्नेछन्।

प्रकाशित: २०८३ साउन १० गते आईतबार ०९:५२
प्रतिक्रिया

थप समाचार

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ३ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित खुलामुखी सामूहिक लगानी कोष योजना ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले इकाईधनीलाई ३ प्रतिशत नगद लाभांश वितरण गर्ने...

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा...

तीन प्रतिष्ठित अवार्ड पाएपछि नबिल बैंकको प्रतिक्रियाः ‘यो विश्वासको परिणाम हो’

काठमाडौँः नबिल बैंक लिमिटेड विश्वस्तरका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंक युरोमनी अवाड्र्स फर एक्सिलेन्स अन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट...

ऋण विस्तार सुस्ताउँदा बैंकिङ प्रणालीमा थुप्रियो निक्षेप, पुग्यो जीडीपीको १३१ प्रतिशत

पछिल्लो समय निक्षेप बढ्दै गए पनि त्यसअनुसार कर्जा प्रवाह विस्तार हुन नसक्दा बैंकिङ प्रणालीमा ठूलो रकम थुप्रिएको छ। आर्थिक गतिविधि सुस्त हुनु, लगानीकर्ताको कमजोर आत्मविश्वास र समग्र मागमा...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना