काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा निरन्तर तेस्रो दिन पनि बढेको छ। मंगलबारदेखि निरन्तर नेप्से बढिरहेको हो।
बिहीबार नेप्से परिसूचक ७.५० अंक अर्थात् ०.२८ प्रतिशतले बढेर २५९७.८० को बिन्दुमा बजार बन्द भएको छ।
कुल ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दिनभरिमा ३९ हजार ५९५ पटकको कारोबारमार्फत ९४ लाख ६९ हजार ९९ कित्ता सेयर खरिदबिक्री भएका छन्।
आज १२१ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी ३ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
आज १३ वटा उपसमूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटा उपसमूह ओरालो लागेका छन्।


