२०८३ साउन ११ गते सोमबार

साउनदेखि वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर थप घट्यो, कुन बैंकको कति ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १
xr:d:DAFbpsAE51M:3429,j:3093262473704565680,t:24011404
xr:d:DAFbpsAE51M:3429,j:3093262473704565680,t:24011404

काठमाडौँः वाणिज्य बैंकहरुको ब्याजदर निरन्तर ओरालो लाग्दै आएको छ। प्रणालीमा अधिक तरलता र कर्जाको मागमा आएको सुस्तताले गर्दा बैंकहरुले ब्याजदर घटाएका हुन्। निक्षेपको ब्याजदर निरन्तर घटेर न्यून विन्दुमा आइपुगेकाले पुँजी पलायनको जोखिम बढेको छ।

साउन १ गते (आज शुक्रबार) देखि लागू हुने गरि निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ४.१७ प्रतिशतमा झरेको छ। यो दर असार महिनाको ४.२६ प्रतिशतको तुलनामा केही कम हो।

बैंकहरूले व्यक्तिगतसँगै संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएका छन्। संस्थागत मुद्दती निक्षेपतर्फ औसत ब्याजदर ३.१२ प्रतिशत कायम गरिएको छ।

यसपटक २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदरमा घटाएका छन् भने बाँकी १४ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

ब्याजदर घटाएका बैंकहरुमध्ये कुमारी बैंकले ३.८५, ग्लोबल आइएमई बैंकले ४, सिटिजन्स बैंकले ३.९५, एनएमबी बैंकले ४.५०, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८५ र राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत ब्याज दिनेछन्।

त्यस्तै, साउन महिनामा कृषि विकास बैंकले ४.१५, एभरेष्ट बैंकले ४.०५, नेपाल बैंकले ४.२५, नेपाल एसबीआई बैंकले ४.१०, लक्ष्मी सनराइज बैंकले ४, प्राइम कमर्सियल बैंकले ४, प्रभु बैंकले ४.५५, माछापुच्छ्रे बैंकले ४.५०, हिमालयन बैंकले ४, सिद्धार्थ बैंक ४.०५ प्रतिशत कायम गरेका छन्।
यस्तै नबिल बैंकले ४.५५, सानिमा बैंकले ४.५०, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० र एनआईसी एशिया बैंकले ४ प्रतिशत ब्याज दिने भएका छन्।

नयाँ ब्याजदर लागू भएसँगै बैंकिङ प्रणालीमा निक्षेपको लागत थप घट्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित: २०८३ साउन १ गते शुक्रबार १०:३९
प्रतिक्रिया

थप समाचार

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ३ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित खुलामुखी सामूहिक लगानी कोष योजना ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले इकाईधनीलाई ३ प्रतिशत नगद लाभांश वितरण गर्ने...

यस्तो हुनेछ चुच्चे नक्सासहितको एक रूपैयाँको सिक्का

काठमाडौँ: सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दै त्यसमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएको नयाँ डिजाइन...

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा...

तीन प्रतिष्ठित अवार्ड पाएपछि नबिल बैंकको प्रतिक्रियाः ‘यो विश्वासको परिणाम हो’

काठमाडौँः नबिल बैंक लिमिटेड विश्वस्तरका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंक युरोमनी अवाड्र्स फर एक्सिलेन्स अन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना